Tuesday, March 19
Shadow

अर्थमन्त्री शर्माले दिए राजीनामा


  • -इ
  • इ+

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले छानबिनका लागि मार्ग प्रशस्त गरेको घोषणा गरेका हुन् ।

‘छानबिनका लागि मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्दछु,’ शर्माले प्रतिनिधि सभामा सम्बोधनका क्रममा भने।

उनले आफूले गल्ती नगरेको भन्दै तथ्यमा गइदिन नागरिक समाजलाई आग्रह गरे ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएको भन्दै अर्थमन्त्री शर्माको आलोचना भएको थियो ।

सम्बोधनका क्रममा शर्माले मन्त्रालयका जिम्मेवार कर्मचारीहरू बाहेक अरू कसैलाई पनि बजेट निर्माणमा सहभागी नगराएको जिकिर गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares