Thursday, April 18
Shadow

भदौमा देशव्यापी विशेष अभियान चलाउँदै काँग्रेस


  • -इ
  • इ+

काठमाडौँ- नेपाली काँग्रेसले विशेष अभियान चलाउने भएको छ ।

सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रूपमा विशेष अभियान चलाउने निर्णय गरेको हो ।

चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली काँग्रेसले जनाएको छ ।

यो अभियानको विस्तृत खाका काँग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ ।

बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरेको छ ।

गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने काँग्रेसको सर्त छ ।

गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि आचार संहिता जारी गरी केन्द्रबाटै लागू गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै, काँग्रेसले दर्जन बढी सङ्घ, संस्थालाई भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता दिएको छ । अवधि सकिएर पनि गठन हुन नसकेका सङ्घहरूलाई साउनभित्र गठन गर्ने र पूर्णता दिने निर्णय काँग्रेसले गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares