Saturday, April 27
Shadow

चीनले नेपाललाई थप ८ लाख डोज कोरोनाविरूद्धको खोप दिने


  • -इ
  • इ+

काठमाडौं, फागुन १७ । चीनले नेपाललाई थप ८ लाख डोज कोरोनाविरूद्धको खोप दिने भएको छ । यसअघि उत्तरी छिमेकी चीनले नेपाललाई पाँच लाख डोज खोप दिने घोषणा गरेकोमा अहिले पुनः ८ लाख थप गरेको हो ।

नेपाललाई दक्षिणी छिमेकी भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो। भारतबाट थप २० लाख डोज खोप खरिद गरेर ल्याइसकिएको छ।

नेपाललाई बेलायतले पनि २० लाख डोज खोप दिने घोषणा गरिसकेको छ। अब नेपालमा दोस्रो चरणको खोप अभियान सुरु हुँदै छ । जसमा ६० वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइँदै छ ।

पहिलोपटक भारतबाट आएको १० लाख डोज खोप स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनमा खटिनेहरू र पत्रकारलाई लगाइएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares