Thursday, April 25
Shadow

पूर्वराष्ट्रपतिलाई तीन बर्षको जेल सजाय


  • -इ
  • इ+

काठमाडौँ , फागुन १७ । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्ट्राचार मुद्दामा तीन बर्षको जेल सजाय भएको छ ।

६६ बर्षिय पूर्व राष्ट्रपति सार्कोजीले आफ्नै पार्टीको अपराधिक मामिलामा सूचना पाउन एक न्यायाधीशलाई किन्न खोजेको आरोपमा अदालयले सजाय सुनाएको फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् ।

यस मुद्दामा सार्कोजीका दुई पूर्व वकिललाई पनि तीन बर्षको जेल सजाय सुनाइएको छ ।

अदालतले पूर्वराष्ट्रपति सार्कोजीले घरमै सजाय काट्न सक्ने छुट दिएको छ । उनलाई इलेक्ट्रोनिक ट्यागबाट मनिटर गर्नेगरि घरमै सजाय काट्न अनुमति दिइएको छ ।

सार्कोजी २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति बनेका थिए । सार्कोजीले अर्को मुद्दामा अपनी कानुनी लडाई लडिरहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares