Friday, April 26
Shadow

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर, अझै खुलेन होश


  • -इ
  • इ+

काठमाडौं, फागुन १७। मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

बिहीबार राति मस्तिष्काघात भएपछि शुक्रबार बिहान नर्भिक अस्पतालमा भर्ना भएका जोशीको सोमबार साँझसम्म होश खुलेको छैन । जोशीका दाजु राजुराज जोशीले उनको अहिलेसम्म होश नखुलेको जानकारी दिए । उनले डाक्टरले स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै दुई–तीन दिनमा होश खुल्ने सम्भावना रहेको बताएको जानकारी दिए ।

‘अझै होश आएको छैन, डक्टरहरुले स्वास्थ्य अवस्था स्थिर रहेको र दुई–तीन दिनमा होश खुल्न सक्ने सम्भावना रहेको बताउनु भएको छ’, राजुराजले सुनाए । उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा। राजीव झाले जोसीको स्वास्थ्य अवस्था आइतबारजस्तै स्थिर रहेको बताए ।

मस्तिष्काघात भएपछि अस्पताल भर्ना भएका नेता जोशीको शुक्रबार शल्यक्रिया गरिएको हो । शुरुमा वीर अस्पताल लगिएका जोशीलाई सिटी क्यान गर्दा टाउकोमा रगत जमेको देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल ल्याइएको थियो । उनलाई अहिले पनि भेन्टिलेटरमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares