आज पनि वर्षाको सम्भावना: यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन ७ । पश्चिम वायुको प्रभाव कायम रहँदा आज पनि पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो प्रदेश १ र प्रदेश २ सहित देशका पहाडी भेगमा बदलीको अवस्था रही पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजै दिउँसो उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शनिबार दिउँसोसम्म ठाउँठाउँमा हिमपातको पूर्वानुमान गरिएको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
फागुन ०७ गते (शुक्रबार)
दिउँसो: प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने स...









