Friday, March 29
Shadow

५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय


  • -इ
  • इ+

काठमाडौँ, फागुन ६ । सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले उनीहरुमध्ये मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो ।

सरकारले गरेको निर्णय अनुसार बाँकी सजाय मिनाहा पाएकाहरुमध्ये एक सय ७९ जना हत्यालगायतका कसुरमा जन्मकैद सजाय पाएका कैदीहरु हुन्। उनीहरु पनि प्रजातन्त्र दिवसको अवसरमा रिहा हुनेछन्।

मन्त्रिपरिषद्को निर्णय राष्ट्रपति कहाँ पठाइनेछ। राष्ट्रपतिबाट कैद मिनाहा र आममाफी गरिएपछि उनीहरु कैदमुक्त हुनेछन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares