Saturday, May 23
Shadow

Month: February 2021

प्रतिगमनविरुद्धको आन्दोलन चर्काउने तयारीमा प्रचण्ड‍-माधव समूह

प्रतिगमनविरुद्धको आन्दोलन चर्काउने तयारीमा प्रचण्ड‍-माधव समूह

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ९ नेकपाको प्रचण्ड–नेपाल समूहले सांगठनिक संरचना टुङ्गो लगाउने र प्रतिनिधिसभा विघटनविरुद्धको संघर्ष चर्काउने विषयमा अन्तरपार्टी निर्देशन जारी गर्ने तयारी गरेको छ । निर्देशन जारी गर्नका निम्ति पार्टी सचिवालयले तयारी गरिरहेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताईन् । त्यसका मुख्य विषय एकीकरणलाई टुङ्गो लगाउने र संघर्षलाई सशक्त बनाउनेमा केन्द्रित हुने शाक्यको भनाइ छ । आवश्यक परेको खण्डमा निर्वाचन आयोगसँग कानुनी लडाइ, सर्वोच्चसँग संवैधानिक लडाइ र सरकारसँग राजनीतिक लडाइलाई चर्काउनुपर्ने भएकाले त्यसका लागि तयारी रहन कार्यकर्तालाई निर्देशन जारी गर्ने तयारी भएको पनि उनले जानकारी दिईन् ।...
उपचारका लागि दिल्ली जादैँ भट्टराई

उपचारका लागि दिल्ली जादैँ भट्टराई

ब्यानर समाचार 2, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, फागुन ९ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारका लागि भारतको दिल्ली जाँदैछन् । भट्टराई आज नेपाल वायुसेवा निगमको जाहाजबाट दिल्ली जान लागेका हुन् । पेटमा समस्या देखिएपछि उनी थप उपचारका लागि भारत जान लागेका हुन् । काठमाण्डुस्थित निदान अस्पतालमा उनको स्वास्थ्य परीक्षण र उपचार भइरहेको थियो । चिकित्सकहरुले न्यूरो इन्डोस्कोक्राइनकोे ट्युमर भएको आशंका गरेपछि थप उपचारका लागि उनलाई दिल्ली रेफर गरेको उनको सचिवालयले जनाएको छ । उनको दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड विलिअरी साइन्समा हुनेछ । उनले दिल्लीमा रहँदा नेपाली दूतावासमा बस्ने सचिवालयले जनाएको छ ।...
आँखाको दृष्टि सुधारका लागि अपनाउनुस् यी घरेलु उपाय

आँखाको दृष्टि सुधारका लागि अपनाउनुस् यी घरेलु उपाय

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस् । -हरियो सागसब्जीमा पाइने भिटामिन लगायतका पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ । -तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने । -राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहुँ मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ । -जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहु खाने । -अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ । -एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक ग्लास दूधसँग पिउने...
सुर्खेतमा पनि देखियो बर्डफ्लु

सुर्खेतमा पनि देखियो बर्डफ्लु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौँ , फागुन ८ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लु रोग देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका महानिर्देशक डा दमयन्ती श्रेष्ठले जानकारी दिए । यसअघि काठमाडौँको तारकेश्वर नगरपालिकामा पालिएका पछीमा बर्ड फ्लु देखिएको थियो । विभागले बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको जनाएको छ । रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रीयस्तरसमेतबाट पशु चिकित्सकको विज्ञ टोली खटाइएको उनले जानकारी दिए । रोग नियन्त्रणका क्रममा शुक्रबार पशु सेवा विभाग, कर्णाली प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा अन्तर्गतका निकाय र वीरेन...
संघीयता खारेज नगरे देश नै खारेज हुन सक्छ :  चित्रबहादुर केसी

संघीयता खारेज नगरे देश नै खारेज हुन सक्छ : चित्रबहादुर केसी

मुख्य समाचार, राजनिती
काठमाडौं , फागनु ८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संघीयता खारेज नगरे देश नै खारेज हुन सक्ने चेतावनी दिएका छन् । सत्ता र शक्तिका लागि केही दलका नेताहरु भारतको इसारामा चलेकाले समस्या उत्पन्न भएको उनले बताए । शनिबार बुटवलमा आयोजित कार्यक्रममा केसीले नेकपामा विवाद उत्पन्न भएसँगै नेपालमा भारतीय चलखेल बढेको दावी गर्दै अहिलेको समस्याको निकास भनेकै प्रतिनिधिसभा पुनर्स्थापना भएको प्रस्ट पारे । प्रतिनिधिसभा पुर्स्थापना नभए देशमा ठूलो संकट आउन सक्ने उनले बताए । २०४७ सालको संविधानले प्रनिनिधिसभा विघटन गर्न प्रधानमन्त्रीलाई अधिकार दिए पनि संविधानसभाबाट बनाइएको संविधानले प्रधानमन्त्रीलाई त्यस्तो अधिकार नदिएको केसीको भनाइ छ । संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम निरंकुश र अलोकतान्त्रिक भएको उनले बताए । सरकारलाई काम गर्न दिएनन् भन्ने नाममा ...
बारा मालपोत कार्यालयका नासु र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ

बारा मालपोत कार्यालयका नासु र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फगुन ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारास्थित मालपोत कार्यालयका कार्यालय प्रमुख नायब सुब्बा र लेखापढी व्यवसायीलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले नासु मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई ६ लाख घुस रकमसहित जितपुर सिमरा उपमहानगर-२ स्थित जर्गा होटलबाट शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ । उनीहरुले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का रहेको जग्गा सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने भन्दै रकम लिएको अख्तियारले जनाएको छ ।...
भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाज, सम्पादकीय, स्थानिय तह
भक्तपुर , फागुन ८ । भक्तपुर नगरपालिका–घलातेचोकस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ तीव्र गतिमा जाँदै गरेको टिपरले ठक्कर दिँदा आज एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ४७९ नं को टिपरको ठक्करबाट सिन्धुपाल्चोक बलेफीगाउँपालिका–७ घर भई नाइटिङ्गेल बोर्डिङ स्कुल कुपण्डोल ललितपुरमा चालकको रुपमा काम गर्ने ३५ वर्षीय बलराम तामाङ्को मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले टिपर र चालक सिन्धुपाल्चोक साँगा चोक गढी नगरपालिका–११ का २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।...
केपी ओलीको साइबर सेना बनेर काम गर्ने युवा संघको निर्णय

केपी ओलीको साइबर सेना बनेर काम गर्ने युवा संघको निर्णय

मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको बताए । सामाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओली विरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने पनि प्रष्ट पारे । आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम सामाजिक सञ्जालबाट गरिरहेकोले त्यसलाई नियन्त्रण गर्न साइबर सेनाले आफ्नो विवेक प्रयोग गरी परिचालन हुने बताए । यस्तै अध्यक्ष सिंहले आगामी चैत मसान्त भित्रमा ७७ वटै जिल्लामा युवा संघको कमिटी निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत्रमा समन्वय कमिटी, प्रदेश निर्वाचन क...
संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेशमा जानु पर्छ :  अध्यक्ष थापा

संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेशमा जानु पर्छ : अध्यक्ष थापा

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद विघटनले संबैधानिक जटिलता निम्त्याएको बताएका छन् । आज झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिबर्तन र सर्बसत्ताबादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने बिचार ब्यक्त गरे । अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने,अभिभावकको रुपमा मात्र राजसंस्था रहदा मुलुकको सर्बोपरी हित हुने दाबी गरे ।सबै धर्मको सम्मान हुने गरि सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म,संस्कृती, परम्परा र मौलिकताको जगेर्ना हुने थापाको धारणा थियो। १४ बर्षको राजनितीक अभ्यास असफल भएको भन्दै बिदेशी दबाब,प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहरी राजनितीले काम गरेको उनको भना...
चर्किँदै आन्दोलन, दुई प्रदर्शनकारीको मृत्यु

चर्किँदै आन्दोलन, दुई प्रदर्शनकारीको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागुन ८ । म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । “आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,” मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने । घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताए । मृतकमध्ये एक जना किशोर रहेको र उनको टाउकोमा गोली लागेको ओओले बताए । एक अर्का स्वयम्सेवी उद्धारकर्ताले पनि समाचार तयार पार्दासम्म मृत्यु भएकाको सङ्ख्या दुई पुगेको पुष्टि गरे । म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारल...