Friday, March 29
Shadow

उपचारका लागि दिल्ली जादैँ भट्टराई


  • -इ
  • इ+

काठमाण्डौँ, फागुन ९
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारका लागि भारतको दिल्ली जाँदैछन् । भट्टराई आज नेपाल वायुसेवा निगमको जाहाजबाट दिल्ली जान लागेका हुन् । पेटमा समस्या देखिएपछि उनी थप उपचारका लागि भारत जान लागेका हुन् ।

काठमाण्डुस्थित निदान अस्पतालमा उनको स्वास्थ्य परीक्षण र उपचार भइरहेको थियो । चिकित्सकहरुले न्यूरो इन्डोस्कोक्राइनकोे ट्युमर भएको आशंका गरेपछि थप उपचारका लागि उनलाई दिल्ली रेफर गरेको उनको सचिवालयले जनाएको छ ।

उनको दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड विलिअरी साइन्समा हुनेछ । उनले दिल्लीमा रहँदा नेपाली दूतावासमा बस्ने सचिवालयले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares