Tuesday, May 19
Shadow

Month: February 2021

काभ्रेमा नेकपा ओली समूहका नेताको गाडीमा तोडफोड, कार्यक्रम नगर्न धम्की

काभ्रेमा नेकपा ओली समूहका नेताको गाडीमा तोडफोड, कार्यक्रम नगर्न धम्की

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, फागुन १० । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ पुगेका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो । करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०स्३० बजे गाडी तोडफोड गर्न शुरु गरेको थियो । गौतमका अनुसार चालकले पार्किङ गर्न नपाउँदै गाडी छोडेर भागेका थिए । ‘पेट्रोल झिक आगो लगाउनुपर्छ भन्दै सोही गाडीबाट पेट्रोल निकाल्ने प्रयास गर्दा नेता र स्थानीयवासी प्रतिकारमा उत्रन थालेपछि उक्त समूह भागेको थियो’, गौतमले भने । केन्द्रीय सदस्यहरू आइतबार चौँरीदेउरालीकै धुसेनीमा कार्यक्रम गरेर नेता गौतमको घरमा बास बसेका थ...
कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले पाएनन् भत्ता

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले पाएनन् भत्ता

पत्रपत्रिका, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, फागुन १० । कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन्। स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन्। मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको जोखिम भत्ता लिइसकेका छन्। प्रायः कर्मचारीले प्रत्येक दिनको भत्ता लिएका छन्। त्यसरी जोखिम भत्ता लिनेले त्यही दिनको बैठक भत्तासमेत बुझेका छन्। काजमा जानेले भ्रमण भत्ता लिएका छन्। स्वास्थ्य संस्था, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई संशोधन गर्न गठित समितिको असार १३ देखि २४ सम्म १२ वटा बैठक बसेको थियो। ती बैठकमा उपस्थित भएको भन्दै डा। विकास देवकोटा, मुक्तिनाथ न्यौपाने, सानुबाबु अधिकारी, पुष्करराज नेपाल, पानबहादुर क्षत्री, किशोर श्रेष्ठ, मुना शर्मा, प्रकाश पोखरेल, विजयक्रान्ति...
प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै, सुरक्षा व्यवस्थामा कडाई

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै, सुरक्षा व्यवस्थामा कडाई

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन १० ।प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदैछन् । ​बेदकोट नगरपालिका(२ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् ‌ । नेकपाका केन्द्रीय सदस्य कृपाराम रानाका अनुसार धनगढीबाट प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो १ बजे शिलान्यास हुने कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रमस्थल नजिकै विद्यालयको मैदानमा हेलिकोप्टर अवतरण गर्न अस्थायी हेलिप्याडसमेत निर्माण गरिएको छ । यता प्रधानमन्त्री ओली कञ्चनपुर जाने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको छ । पूर्व(पश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ(ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्‌ ।  ...
अन्तिम चरणमा मेलम्ची खानेपानी आयोजनाको काम , सुरुङ परीक्षण आज

अन्तिम चरणमा मेलम्ची खानेपानी आयोजनाको काम , सुरुङ परीक्षण आज

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन १० । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक ९एडीबी० को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका सं...
सरकार–विप्लवबीच भित्रभित्रै वार्ता , एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाइँदै

सरकार–विप्लवबीच भित्रभित्रै वार्ता , एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाइँदै

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १० । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणामनजिक पुगेपछि औपचारिकरुपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रुपमा नै वार्ता गरिरहेको स्रोतले जनाएको छ । यसबीच बालुवाटार र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदानसमेत भइसकेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका तर्फबाट सोही समूहका नेता चिरन पुनबीच काठमाडौंमा नै वार्ता भएको थियो । सो वार्तामा अब बस्ने मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र सरकारको तर्फबाट वार्ता टोली गठनको निर्णय गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार यसअघि नै पत्रमार्फत् विप्लव समूहले आफ्ना मा...
कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

पत्रपत्रिका, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , फागुन १० । विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ। दक्षिण एसियाली राष्ट्रमध्ये खोप अभियान सुरु गर्नेमा नेपाल पनि परेको छ। दक्षिण एसियामा अहिलेसम्म नेपालसहित बंगलादेश, भारत र श्रीलंकाले खोप अभियान सुरु गरेका छन्। पाकिस्तान, भुटान र अफगानिस्तानमा खोप अभियान सुरु हुन सकेको छैन। नेपालमा सरकारको तयारी र भारत सरकारको सहयोगका कारण खोप अभियान छिटै सुरु हुन सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ बताउँछन्। ‘मुख्य कुरा, हाम्रो तीव्र तयारी नै हो, जसका कारण खोप अभियान समयमै चलाउन सफल भयौं’, उनले भने।पहिलो चरणमा नेपालले भारतबाट २० लाख डोज खोप खरिद गरिसकेको छ। त्यसमध्ये १० लाख डोज आइतबार नेपाल आइसकेको छ भने थप १० लाख डोज दुई साताभित्र नेप...
आजको मौसमः वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

आजको मौसमः वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, फागुन १० । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार देशका केही स्थानमा वर्षाको पूर्वानुमान गरेको छ । हाल देशका केही पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिनभर र राति मौसममा उल्लेख्य बदलाव हुने छैन । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा मंगलबार र बुधबार भने पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान फाल्गुन १० गते (सोमवार) दिउँसो : प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । राति :  प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । फाल...
आज २०७७ फागुन १० गते सोमबारको राशिफल

आज २०७७ फागुन १० गते सोमबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ ।आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।  प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाई...
प्रधानमन्त्री ओलीले गरे नागढुंगा-नौबीसे सुरुङमार्गको अवलोकन

प्रधानमन्त्री ओलीले गरे नागढुंगा-नौबीसे सुरुङमार्गको अवलोकन

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ९ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुंगा-नौबीसे सुरुङमार्गको निरीक्षण गरेका छन् । नागढुंगाको दहचोक टुटेपाखास्थित सुरुङमार्ग निर्माणाधीन स्थलमा पुगेर आइतबार अवलोकन गरेका हुन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी को-अर्डिनेटर रमेशप्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाबारे जानकारी गराएका थिए । उनले अबको १३ महिनाभित्रमा सुरुङ खन्ने कार्यको ब्रेक थ्रू हुने गरी काम भइराखेको समेत बताए । सुरुङमार्ग निर्माणकार्यको निरीक्षण गर्न प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ पनि पुगेका थिए । सो अवसरमा मन्त्री नेम्बाङले ४२ महिनामा निर्माण सम्पन्न गर्ने समय अवधि तोकिएको भए पनि अहिलेसम्म १५ महिना व्यतित भइसकेको र अझै २७ महिना बाँकी रहेकाले अहिलेकै गतिअनुसार निर्माणकार्य भइराखे समयमै निर्माण सम्पन्न हुने बताए । नागढुंगा सुरुङ...
समकक्षता पछि मदरसाहरुमा शिक्षक दरबन्दी ल्याउन पहल हुदै : बोर्ड उपाध्यक्ष मौलाना मशहुद

समकक्षता पछि मदरसाहरुमा शिक्षक दरबन्दी ल्याउन पहल हुदै : बोर्ड उपाध्यक्ष मौलाना मशहुद

शिक्षा, समाचार, समाज
कपिलवस्तु, फाल्गुन ९ नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय पाठ्यक्रम विकास केन्द्र मान्यता तथा समकक्षता निर्धारण समितिले उत्तर प्रदेश मदरसा बोर्ड लखनऊ लगायतको केहि डिग्री लाई समेत समकक्षता दिएको छ । त्यो डिग्री बमोजिम मदरसा हरुमा अध्यापन गराउने मौलाना (शिक्षक) हरूलाई सरकारी दरबन्दी सरह गर्नु पर्ने बताउदै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले मदरसा बोर्ड अध्यक्ष माननीय लुम्बिनी प्रदेश सामाजिक विकास मंत्री सुदर्शन बराल मार्फत लाई यस विषयमा प्रदेशिक र संघिय सरकार समक्ष जोडदार तरिकाले पहल गर्न ध्यानाकर्षण गराएका छन् । माननीय मंत्री सुदर्शन बरालले मदरसा शिक्षाका सवाल र चुनौती हरू प्रति सधै सकारात्मक रहेको बताए । उक्त छलफलमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले मदरसामा रहेका मौलाना हरूलाई छिट्टै सरकारी सरह सेवा सुविधा...