Friday, December 3
Shadow

संघीयता खारेज नगरे देश नै खारेज हुन सक्छ : चित्रबहादुर केसी


  • -इ
  • इ+

काठमाडौं , फागनु ८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संघीयता खारेज नगरे देश नै खारेज हुन सक्ने चेतावनी दिएका छन् । सत्ता र शक्तिका लागि केही दलका नेताहरु भारतको इसारामा चलेकाले समस्या उत्पन्न भएको उनले बताए ।

शनिबार बुटवलमा आयोजित कार्यक्रममा केसीले नेकपामा विवाद उत्पन्न भएसँगै नेपालमा भारतीय चलखेल बढेको दावी गर्दै अहिलेको समस्याको निकास भनेकै प्रतिनिधिसभा पुनर्स्थापना भएको प्रस्ट पारे ।

प्रतिनिधिसभा पुर्स्थापना नभए देशमा ठूलो संकट आउन सक्ने उनले बताए । २०४७ सालको संविधानले प्रनिनिधिसभा विघटन गर्न प्रधानमन्त्रीलाई अधिकार दिए पनि संविधानसभाबाट बनाइएको संविधानले प्रधानमन्त्रीलाई त्यस्तो अधिकार नदिएको केसीको भनाइ छ ।

संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम निरंकुश र अलोकतान्त्रिक भएको उनले बताए । सरकारलाई काम गर्न दिएनन् भन्ने नाममा प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा अर्को कुन शक्तिले त्यो अधिकार प्रधानमन्त्रीलाई दियो भन्ने प्रश्नसमेत उनले गरे ।

नेपालको लागि संघीयता घाँडो भएको बताउँदै केसीले प्रदेश संरचना खारेज गरेर स्थानीय तहलाई अधिकार सम्पन्न नगराएसम्म देशले निकास पाउन नसक्ने दावी गरे । नेपालजस्तो सानो देशले संघीयतालाई थेग्न नसक्ने उनको भनाइ थियो ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्