Thursday, March 28
Shadow

सरकार–विप्लवबीच भित्रभित्रै वार्ता , एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाइँदै


  • -इ
  • इ+

काठमाडौं, फागुन १० । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ ।

सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणामनजिक पुगेपछि औपचारिकरुपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रुपमा नै वार्ता गरिरहेको स्रोतले जनाएको छ ।

यसबीच बालुवाटार र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदानसमेत भइसकेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका तर्फबाट सोही समूहका नेता चिरन पुनबीच काठमाडौंमा नै वार्ता भएको थियो ।

सो वार्तामा अब बस्ने मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र सरकारको तर्फबाट वार्ता टोली गठनको निर्णय गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार यसअघि नै पत्रमार्फत् विप्लव समूहले आफ्ना माग सरकारी पक्षलाई दिएको थियो ।

सरकारी पक्ष जघन्य अपराधमा संलग्नलाई भने छाड्न सहमत छैन । वार्ता जारी राखिँदा सरकारी पक्षले विप्लवका नेता तथा कार्यकर्तालाई भने पक्राउ गर्ने क्रम बन्द गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares