Friday, April 26
Shadow

निद्रा लाग्दैन ? यी उपाय अपनाउनुस्


  • -इ
  • इ+

काठमाडौं, फागुन १५ । स्वास्थ्यसम्बन्धी कैयौँ समस्याको एक प्रमुख कारण अनिद्रा पनि हो । त्यसैले निद्रासँग सम्बन्धित जुनसुकै समस्यालाई गम्भीरतापूर्वक लिन जरुरी छ । अन्यथा विभिन्न स्वास्थ्यसमस्याको सिकार भइन्छ ।

यस्ता कारणले लाग्दैन निद्रा

१. जीवनशैली तनावपूर्ण भएमा ।
२. काममा बढी चाप भएमा ।
३. राति ढिलोसम्म जागा रहेमा ।
४. सुत्ने समयमा यात्रा गरेको अवस्थामा ।
५. स्वास्थ्य अवस्था बिग्रेको अवस्थामा ।
६. कुनै औषधिको सेवनले पनि निद्रालाई असर गर्छ ।
७.. कैफिन, निकोटिनको अत्यधिक सेवन निद्रा कम हुनु ।

यी हुन् निद्रा लगाउने उपाय

१.राति निश्चित समयमा सुत्ने बानी बसाल्ने ।
२. सुत्नुभन्दा एक घण्टापहिले मानसिक तनावयुक्त कामबाट मुक्त हुने ।
३. सक्रिय जीवनशैली अपनाउने ।
४. सकारात्मक सोच राख्ने ।
५. सुत्नुपहिले धेरै खाना र पेय पदार्थको सेवन नगर्ने ।
६. सुत्नुपहिले चिसो दूधमा मह मिलाएर पानी पिउने ।
७. रक्सी र धूम्रपानको सेवन नगर्ने ।
८. कुनै पुस्तक पढ्ने वा संगीत सुन्ने ।
९. योग, प्राणायाम र ध्यान गर्ने बानी बसाल्ने ।
१०. सुत्नुभन्दा पहिले ग्रिन टी पिउने ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares