Friday, April 26
Shadow

राजीनामा नदिने प्रधानमन्त्रीको दाबी , राजीनामा दिए देशमा अस्थिरता आउने टिप्पणी


  • -इ
  • इ+

काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजीनामा नदिने दाबी गरेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि राजीनामा माग भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यसलाई ठाडै अश्विकार गरेको भन्दै हिमालय टेलिभिजनको अनलाइन संस्करणले समाचार तयार पारेको छ ।

उक्त टेलिभिजनको अनलाइन संस्करणले कार्यक्रम यक्ष प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने भन्दै कुनै पनि हालतमा राजीनामा नदिने बताएको उल्लेख गरेको छ ।

समाचारका अनुसार प्रचण्ड–नेपाल समूहको नेकपाले ओली समूहलाई बाहिर राखेर सरकार गठनको प्रयास गरिरहँदा प्रधानमन्त्री ओलीले भने त्यस्तो सम्भावना नरहेको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares