Wednesday, May 8
Shadow

Month: February 2021

‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

खेलकुद
काठमाडौं , फागुन १५ । शहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुल्चोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ । पुलचोक स्पोर्टस् क्लब १ अङ्कसहित तालिकाको पुछारमा अर्थात् १२ औँ स्थानमा रहेको छ भने श्री भगवती क्लब ५ अङ्कसहित १० औँ स्थानमा रहेको छ । यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ । बाँसबारी १४ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ भने श्री कुमारी क्लब ६ अङ्कसहित आठौं स्थानमा रहेको छ । यसअघि हिजो भएका खेलमा सातदोबाटो र मध्यपुर विजयी भएका थिए । सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई ३–२ ले र मध्यपुर युथ एशोसियसनले टुसाल क्लबलाई २–० ले हराएको थियो । लिगमा सातदोबाटो युथ क्लब १९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।...
अबको विकल्पः पार्टी फुटाउने अध्यादेश वा एकता

अबको विकल्पः पार्टी फुटाउने अध्यादेश वा एकता

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १५ । राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)एउटै दलका रूपमा छ। नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक भूमिकामा रहनेछन्। संसद् पुनर्स्थापनासँगै सत्ता समीकरण कसरी मिलाउने भन्ने विषयमा दुवै समूहबाट विभिन्न तरिकाका कसरत भइरहेका छन्। कानुनी रूपमा फुटिनसकेकाले सत्ता समीकरणलाई कसरी अघि बढाउने भन्ने कठिनाइले दुवै समूहलाई पिरोलेको छ। नेकपा दाहाल–नेपाल समूह खुला रूपमा सत्ता समीकरणका लागि प्रयासरत छ भने ओली समूहले गुप्त रूपमा रणनीति तय गरिरहेको छ। दाहाल–नेपालको बिहीबार दिनभरिको कसरत हेर्दा नेकपाभित्र पुनः एकता हुनुपर्ने, एकता हुन नसके दल फुटाउने अध्यादेश ल्याएर मात्र निकास निस्कने अवस्था देखिएको छ। वर्तमान अवस्थामा ओली समूहले संसदीय दलमा ४० प्रतिशत पु७थभलसयाए पनि केन्द्रीय समितिमा ४० प्रतिशत पु¥याउन नसक्ने भएका कारण पा...
ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी, तानातानमा सांसद

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी, तानातानमा सांसद

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १५ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्। फैसलाअनुसार प्रतिनिधि–सभाको अब बस्ने बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम तोक्नुपर्ने भएकाले दाहाल–नेपाल समूहले आफ्नो पक्षका सांसदको हस्ताक्षरसहितको सूची तयार पारिरहेको छ। प्रधानमन्त्री ओलीले पनि शुक्रबार होटल याक एन्ड यतीमा आफू निकट सांसदको भेला राखेर बहुमत जुटाउने कसरत गरेका छन्। ओली समूहले संसद्मा अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्ने तयारी गरेको छ। दाहाल–नेपाल समूहले संसद्मा अविश्वासको प्रस्ताव राख्ने भएपछि प्रधानमन...
मेघगर्जनसहित वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

मेघगर्जनसहित वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

मुख्य समाचार, मौसम
काठमाडौँ, फागुन १४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराइका थोरै स्थानहरुमा अहिले हल्का कुहिरो लागेको महाशाखाले जनाएको छ । आज दिउँसो पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा आइतबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान फाल्गुन १५ गते (शनिबार) दिउँसो :  देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ...
आज २०७७ फागुन १५ गते शनिबारको राशिफल

आज २०७७ फागुन १५ गते शनिबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । मिथुन जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । कर्कट वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी । सिंह बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ । कन्या मनलाई दरिलो...
जब ५० वर्षीय राष्ट्रियसभा सदस्यले १४ वर्षीया बालिकासँग विवाह गरे……….

जब ५० वर्षीय राष्ट्रियसभा सदस्यले १४ वर्षीया बालिकासँग विवाह गरे……….

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । पाकिस्तानी राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने एक सांसदले १४ वर्षीया बालिकासँग विवाह गरेको खवर भिडियामा आएको छ । पाकिस्तानी सांसद तथा जमियत उलेमा-ए-इस्लामका नेता मौलाना सलाहुद्दीन आयुबीले १४ वर्षीया बालिकासँग विवाह गैरकानूनी रुपमा विवाह गरेपछि प्रहरीले यस घटनाको छानविन गरिरहेको समाचारमा जनाइएको छ । पाकिस्तानी पत्रिका डनका अनुसार चित्रालस्थित महिला तथा बालबालिका सम्बन्धी गैरसरकारी संस्थाले उजुरी दिएपछि प्रहरीले उनीमाथि छानविन गरेको जनाएको हो । उनले २००६ को २८ अक्टोबरमा जन्मिएकी ती बालिकासँग विवाह गरेका हुन् । ५० वर्षीय मौलाना सलाहुद्दीन राष्ट्रिय सभाका सदस्य हुन् । ती बालिकाको घरमा समेत पुगेर अनुसन्धान गरेको चित्रल प्रहरीले जनाएको छ । तर बालिकाका बाबुले विवाह गरेको कुरा स्वीकार गरेका छैनन् ।...
नरिवल पानी पिउने गर्नुहोस्, हुनेछन् यस्ता ५ फाइदा

नरिवल पानी पिउने गर्नुहोस्, हुनेछन् यस्ता ५ फाइदा

जिवनसैली, टिप्स, मुख्य समाचार, स्वास्थ्य
काठमाडौंफागुन १४ । नरिवल पानीमा विषाक्त तत्वलाई हटाउने गुण हुन्छ । जसलाई पिउनका लागि शरीरको उर्जा मिल्छ जसमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ । जसले रोकप्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । यदी तपाई बढिरहेको वजनका कारण चिन्तित हुनुन्छ भने तपाईलाई निकै फाइदा पुग्छ । विशेषज्ञलाई मान्ने हो भने विहानको समयमा नरिवल पानी पिउनु सवैभन्दा धेरै फाइदाजनक हुन्छ । यदी तपाई दिनभर स्फूर्ति चाहनुहुन्छ भने विहान नरिवल पानी खानु फाइदाजनक हुन्छ । विहानको समयमा नरिवल पानी पिउनुको फाइदा थाइराइड हार्मोनलाई सन्तुलित बनाउनका लागि नरिवल पानी बहुत उपयोगी हुन्छ । विहानीको समयमा नरिवल पानी पिउनाले थाइराइड हार्मोन नियन्त्रित हुन्छ । किड्नीलाई स्वस्थ बनाउनका लागि पनि नरिवल पानीको सेवन राम्रो हुन्छ । यसले पिसाव नलीलाई सफा राख्न र स्टोन हुन नदिने काम गर्छ । यदी तपाइ वजन बढेका कारण समस्यामा पर्नु भएको छ भने ...
वीरगंजबाट हुन्डीको सात लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

वीरगंजबाट हुन्डीको सात लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन १४ । वीरगंजबाट ७ लाख नेपाली रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी थाना वडा नम्बर २५ बस्ने वर्ष ४० का सन्जय गुप्ताल र सोही स्थान बस्ने वर्ष ३७ का विनोद कुमार रहेका छन्। पर्सा प्रहरीले उनीहरुलाई वीरगंज(१६ रजतजयन्ती चोकबाट चेकिङको क्रममा पक्राउ गरेको हो। भारतीय बीआर ०५ एडी ५८६९ नम्बरको मोटरसाइकलबाट आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पर्सा जिल्ला अदालतबाट बैंक तथा वित्तीय सम्बन्धी ऐन २०७३ बमोजिम ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। पछिल्लो पटक भारतबाट ठूलो परिमाणमा हुन्डीको नेपाली रुपैयाँ भित्रिन थालेको छ।...
मन्त्रिपरिषद्‌द्वारा फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद्‌द्वारा फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन १४ । सरकारले यही फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । उनका अनुसार बैठकमा मन्त्रालयगत नियमित एजेन्डाहरुमा पनि छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका थिए । सर्वोच्चले ती मुद्दाहरूमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनस्स्थापना गरेको थियो । सर्वोच्चले १३ दि...
आज ११२ कोरोना संक्रमित थपिए, ५४ डिस्चार्ज, ४ संक्रमितको मृत्यु

आज ११२ कोरोना संक्रमित थपिए, ५४ डिस्चार्ज, ४ संक्रमितको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९३६ रहेको छ । पछिल्लो २४ घण्टामा थप ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार २७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो। नेपालमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७७१ पुगेको मन्त्रालयले जनाएको छ ।...