Thursday, March 28
Shadow

आजको मौसमः उच्च हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सुको सम्भावना


  • -इ
  • इ+

काठमाडौं , माघ ८ । आज उच्च हिमाली भूभागका एकरदुई ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज धेरैजसो भूभागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यकाअनुसार अहिले तराईका धेरैजसो भूभागमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ ।

तराई क्षेत्रमा तापक्रम घट्ने भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज दिउँसो पनि प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेर अरु भूभागमा मौसम सफा रहने उनको भनाइ छ ।

यस्तै प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बद्ली रहेर देशका बाँकी भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares