Thursday, April 25
Shadow

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै, को-को भिड्ने भए ?


  • -इ
  • इ+

काठमाडौँ, माघ ८ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन्।

आज एपीएफ क्लब र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् ।

लुम्बिनी र नेपाल पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा हुनेछ भने एपीएफ क्लब र गण्डकी प्रदेशको खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । दुबै खेल बिहान ९ बजे सुरू हुनेछ ।

लुम्बिनी र पुलिस दुवै टोली आज दोस्रो जितको खोजीमा छन् । लुम्बिनीले पहिलो खेलमा जित दर्ता गरेको छ भने दुई खेल खेलेको पुलिस क्लबले एकमा जित र एकमा हार ब्यहोरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares