Tuesday, April 16
Shadow

जो बाइडेनले लिए अमेरिकी राष्ट्रपतिको शपथ, राष्ट्रपति र प्रधानमन्त्रीले दिए बधाई


  • -इ
  • इ+

काठमाडौं, माघ ८ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिएका छन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा संसद् भवन (क्यापिटोल हिल) मा पदको सपथ लिएका हुन् ।

सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए ।

बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै बाइडेनले आजको दिन लोकतन्त्र दिन भएको बताए । बाइडेनले एकताका पक्षमा सधैं उभिने बताएका छन् । यसैबीच राष्ट्रपति र प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् ।

बधाई सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि राष्ट्रपतिले गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाउँदै नयाँ अमेरिकी प्रशासनको लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाएका छन् । उनले बाइडेनको सफल कार्यकालको शुभकामना दिँदै नेपाल र अमेरिकाको मित्रवत् सम्बन्धलाई प्रगाढ बनाउन बाइडेन प्रशासनसँग काम गर्न आफू इच्छुक रहेको बताए ।

अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडनले नेपाली समयअनुसार बुधबार राति पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares