Friday, April 24
Shadow

Month: January 2021

आयल निगमले दियो दुई जना एसिडपीडित महिलालाई जागिर

आयल निगमले दियो दुई जना एसिडपीडित महिलालाई जागिर

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ ८ । नेपाल आयल निगमले तेजाब आक्रमणमा परेका दुई जनालाई रोजगारी दिने भएको छ । निगममले ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई सहायक स्तरमा करारमा नियुक्त गरेको हो । निगम सञ्चालक समितिको बैठकले उनीहरुलाई निर्वाह खर्च पुग्ने गरी एक वर्षको करार गरेर निगमको काम काजमा खटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनले दुवै जनालाई गत १६ पसुमा देखि निगमको कामकाजमा खटाउने गरी निर्णय भएको बताए । एसिड आक्रमणमा परेका दुबै जनाले आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि निगममा निवेदन दिएको हुँदा उनीहरु दुवै जनालाई निगमले निगमको कामकाजमा खटाउने निर्णय भएको प्रवक्ता उपाध्यायको भनाइ छ । प्रवक्ता उपाध्ययका अनुसार उनीहरुलाई निगम सञ्चालक समिति बैठकले सामाजिक उत्तरदायित्व कोषबाट तलब भत्ता दिइने छ । निगमका अनुसार उनीहरुमध्ये एक जनाले निगमको केन्द्र...
हवल्दारसहित तीन प्रहरी कर्मचारी निलम्बनमा

हवल्दारसहित तीन प्रहरी कर्मचारी निलम्बनमा

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ८ । सवारी चालकसँग घुस रकम लिने तीन जना प्रहरी कर्मचारीलाई पछिल्लो पटक वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले कारवाही गरेको छ । आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोकबहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान पूर्णसिंह रश्मी मगरलाई नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौँडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरिएका प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिए । प्रहरीको आन्तरिक शुद्धीकरण अभियानअन्तर्गत प्रहरी कर्मचारीलाई निलम्बन गरिएको उनले जानकारी दिए। निलम्बित प्रहरी कर्मचारीको सम्बन्धमा थप छानविन ...
प्रधानमन्त्री कप क्रिकेट:   पुलिस क्लब र एपिएफ क्लब विजयी

प्रधानमन्त्री कप क्रिकेट: पुलिस क्लब र एपिएफ क्लब विजयी

खेलकुद, मुख्य समाचार
काठमाडौं , माघ ८ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लब आआफ्नो खेलमा विजयी भएका छन् । पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले तथा एपिएफले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३१० रन बनायो । तीन सय ११ रनको विजय लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ५० ओभरमा सात विकेट गुमाउँदै २३६ रन मात्र बनाउन सक्यो । पुलिसका लागि सुनील धमलाले १०४ रनको शतकीय पारी खेल्नुभयो । उहाँले १४४ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले ६१ बलमा छ छक्का र एक चौकाको मद्दतमा ८५ रनको योगदान दिए । अमित श्रेष्ठले २८, आरिफ शेखले अविजित २९ तथा पवन शर्राफले १३ बलमा ५० रन बनाउनुभयो । शर्राफले छ छक्का तथा एक चौका प्रहार गरे । ब...
राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा प्रभाव पर्दैन : अर्थमन्त्री पौडेल

राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा प्रभाव पर्दैन : अर्थमन्त्री पौडेल

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ ८ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारकोे निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताएका छन् । प्रस्तावित ‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि’ कार्यक्रमबारे अन्तरराष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँग श्रव्य दृश्यका माध्यमबाट आज आयोजित बैठकमा अर्थमन्त्री पौडेलले अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनीतिक प्रणालीको एउटा प्रक्रिया भएको बताए । उनले नेपालमा विगतमा पनि मध्यावधि निर्वाचन भएकाले आर्थिक सुधार अवरोध हुन्छ कि भनी चिन्तित नहुन आग्रह गरेका हुन् । अर्थमन्त्री पौडेलले नेपाल सरकारका आर्थिक र सामाजिक क्षेत्रका नीति संविधानबाटै निर्देशित भएको उल्लेख गर्दै राजनीतिक विषयमा दलको छुट्टाछुट्टै मत र धारणा भए पनि समग्र आर्थिक तथा सामाजिक विकासमा सिङ्गो राष्ट्र र ...
निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाउन प्रहरीलाई निर्देशन

निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाउन प्रहरीलाई निर्देशन

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ८ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालू आर्थिक वर्षका लागि प्रहरी महानिरीक्षकसँग प्रदेश प्रहरी कार्यालयका प्रमुखले गरेका कार्यसम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षामा उनले यस्तो निर्देशन दिएका हुन् । प्रहरी महानिरीक्षक थापाले भर्चुअल विधिबाट भएको उक्त कार्यक्रममा भने, “अहिलेको अवस्थामा अत्यधिक संयमताका साथ सुरक्षा योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” प्रहरी महानिरीक्षक थापाले प्रहरी प्रधान कार्यालयले स्पष्ट मार्ग निर्देशनसहित सङ्गठनलाई एउटा निश्चित दिशा दिन कार्ययोजना ल्याएको चर्चा गर्दै यसलाई सफल पार्न सबैको सामूहिक प्रयास र कटिबद्धता आवश्यक रहेको बताए । नेपाल सरकारद्वारा घोषित निर्वाचनमा सुरक्षा...
मोबाइल सिरानी छेउ राखेर सुत्दा हुनसक्छ क्यान्सर !

मोबाइल सिरानी छेउ राखेर सुत्दा हुनसक्छ क्यान्सर !

जिवनसैली, टिप्स, स्वास्थ्य
.काठटमाडौं, माघ ८ । अहिले त हाम्रो मोबाइल बोक्नु कुनै रमाइलो होइन, बाध्यकारी जीवनशैली जस्तै भइसकेको छ । मोबाइल नहुने हो भने केही समय पनि कटाउन गाह्रो हुन्छ । बेलुकी विस्तारामा होस् या बिहान उठ्ने वित्तिकै हामी मोबाइल चलाउन थालिहाल्छौँ । तर, बेलायतको एक्जिटरलगायतका केही विश्वविद्यालयमा गरेको अध्ययनले सिरानी छेउ मोबाइल राखेर सुत्दा निकै धेरै समस्या आउन सक्ने पत्ता लगाएको छ । अध्ययनअनुसार मोबाइललाई सिरानी छेउ राख्दा क्यान्सरमात्र होइन, नपुंसकता पनि हुनसक्छ । अन्तर्राष्ट्रिय क्यान्सर रिसर्च एजेन्सीले मोबाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई सम्भावित क्यार्सिनोजेनको श्रेणीमा राखेको छ । मोबाइलको अत्याधिक प्रयोगले कानमा ट्युमर पलाउन सक्ने र क्यान्सर हुने सम्भावना बढ्ने उसको अध्ययनले देखाएको छ । त्यस्तै, बेलायती विश्वविद्यालयहरुले गरेको एउटा अध्ययनले मोबाइल फोनबाट निस्कने विक...
दुईवटा आत्मघाती बम विष्फोट, २८ व्यक्तिको मृत्यु, ७३ जना घाइते

दुईवटा आत्मघाती बम विष्फोट, २८ व्यक्तिको मृत्यु, ७३ जना घाइते

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
काठमाडौं, माघ ८ । इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ । बगदादको ताइरन स्क्वाएरमा रहेको प्रयोग भइसकेका कपडाको पुनः विक्री गर्ने बजारमा भएको आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको र अन्य ७३ जना घाइते भएका स्थानीय अस्पतालका चिकित्सक तथा प्रहरी अधिकारीले पुष्टि गरेका छन् । उक्त बजार महामारी नियन्त्रणका लागि झण्डै एक वर्षसम्म बन्द गरी हालै मात्र खोलिएको थियो । इराकी गृहमन्त्रालयको विज्ञप्तिमा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनिउको छ, “पहिलो आत्मघाती आक्रमणकारी बिरामी भएको अभिनय गर्दै बजारमा आएको र उसलाई हेर्न मानिसहरू भेला भएका समय विस्फोट गराएको थियो भने थप व्यक्ति त्यस ठाउमा पुगेका समय फेरि अर्को विस्फोट गराइएको थियो ।” घटनापछि उक्त स्थानमा पुगेक...
युवा व्यवसायी रत्नकुश रंजित पछिल्लो समयमा खेलाडिहरुको मनमा बस्न सफल

युवा व्यवसायी रत्नकुश रंजित पछिल्लो समयमा खेलाडिहरुको मनमा बस्न सफल

मुख्य समाचार, समाचार, समाज
महेन्द्र अधिकारी , ललितपुर, माघ ८ । बनेपा नगरपालिकाका युवा व्यवसायी रत्नकुश रंजित पछिल्लो समयमा खेलाडिहरुको मनमा बस्न सफल हुनुभएको छ । आज एक कार्यक्रमका साथ रंजितले बनेपा फुटबल क्लबका खेलाडिहरुलाई जर्सी सहयोग गर्नुभएको हो । खेलाडिहरु पाँचखालमा भईरहेको मेयर कप फुटबल प्रतियोगिता खेल्नका लागि पाँचखाल जाने क्रममा रंजितले सो सहयोग गर्नु भएको हो । एक पुराना खेलाडिले आफुहरुले खेल्ने समयमा धेरै मेहेनत गरेर तर कतैबाट यस्तो सहयोग नआएको बताएका थिए खेलाडिहरुले खेल खेल्दै गर्दा आफुहरुलाई आईपर्ने समस्याहरुका लागि व्यवसायी तथा समाजसेवी रत्नकुश जस्ता व्यक्तिले गरेको सहयोगले नै प्रेरणा दिने बताएका छन् । व्यवसायी रंजितले भने आफुले ठूलो सहयोग नगरेको र खेलाडिहरुको मनोबल उच्च बनाउनका लागि जर्सी सहयोग गरेको बताउनु भएको छ ।...
उखु किसानद्वारा  फेरि आन्दोलनको घोषणा ,  सम्झौताअनुसार भुक्तानी नपाएको गुनासो

उखु किसानद्वारा फेरि आन्दोलनको घोषणा , सम्झौताअनुसार भुक्तानी नपाएको गुनासो

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ ७ ।उखु किसानहरु फेरि आन्दोलनमा होमीएका छन् । गत पुस १३ गते सरकार र पीडित उखु किसानबीच भएको भुक्तानीको सम्झौताअनुसार २१ दिन बितिसक्दा समेत आफुहरुले पाउनु पर्ने पूर्ण भुक्तानी नपाएको भन्दै किसानहरुले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । बिहिबार एक प्रेस वक्तव्य जारी गर्दै पीडित उखु किसान संघर्ष समितिले सम्झौताअनुसार आफुहरुले पाउनुपर्ने पूर्ण भुक्तानी नपाएको, सरकारले भने जति भुक्तानी नभएको र कुन किसानले कति भुक्तानी पाए भन्ने एकिन तथ्याङ्क समेत सार्वजनिक नभएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । संघर्षको कार्यक्रम अन्तरगत आगामी माघ १० गते देखि फागुन ७ गतेसम्म किसान जागर अभियान चलाउने, फागुन ८ गतेदेखि १४ गतेसम्म कालो पट्टी बाधेर खेतमा काम गर्ने, फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म एक छाक उपवास ९भोकभोकै० खेतमा काम गर्ने, र त्यसापछि तेस्रो चरणको आन्दोलनको...
नेपाल र इजरायलबीच एमओयूमा हस्ताक्षर, अब नेपाली कामदार पठाउन सकिने

नेपाल र इजरायलबीच एमओयूमा हस्ताक्षर, अब नेपाली कामदार पठाउन सकिने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ ८ । वैदेशिक रोजगारीको लागि नेपाली कामदारलाई इजरायल पठाउन सकिने भएको छ । बिहीबार नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने प्रोटोकल (एमओयू) मा हस्ताक्षर भएसँगै नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउन सकिने भएको हो । नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र इजरायलको तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोडरले एमओयूमा हस्ताक्षर गर्नुभएको हो । नेपाली कामदारहरु केयर गिभर, नर्सिङ होम, अस्पताल, दिवा सेवा केन्द्र लगायतका लागि जान पाउनेगरी सम्झौता गरिएको छ । एमओयू हस्ताक्षर कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले नेपाल कृषिप्रधान देश भएकाले कृषिको जनशक्ति इजरायल पठाउन सके श्रमको साथसाथै सिप पनि सिकेर आउने र उक्त सिप नेपालमा प्रयोग हुने भन्दै आगामी दिनमा कृषिको लागि नेपाली कामदार पठाउन पाइने विश्वास व्यक्त...