Monday, May 20
Shadow

Month: January 2021

काठमाडौँको मैतिदेवीबाट दिउँसै खुकुरी प्रहार गरि  लुटपाट गर्ने ५ जना पक्राउ

काठमाडौँको मैतिदेवीबाट दिउँसै खुकुरी प्रहार गरि लुटपाट गर्ने ५ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस १७ । काठमाडौँमा एक पुरुषलाई खुकुरी प्रहारी गरी १ लाख ६६ हजार ९ सय १५ रूपैयाँ लुटेको आरोपमा प्रहरीले बिहीबार पाँचजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूले मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने २५ वर्षीय प्रेम गजमेरलाई खुकुरी प्रहार गरी बजारबाट संकलन गरी ल्याएको उक्त रकम लुटेका थिए। गजमेरबाट सहकारीका कागजात तथा चेकबुकसमेत लुटेर उनीहरू फरार रहेका थिए। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२७ कमलाक्षीका भुरुङखेल बस्ने २९ वर्षीय रोहन नेपाली शाही, सोही महानगरपालिका–२६ नरदेवी घर भई थानकोट बस्ने २२ वर्षीय अभय तुलाधर, नरदेवी घर भई चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर, नरदेवी घर भएका १८ वर्षीय किशोर र जुम्ला सिंजा गाउँपालिका–२ घर भई चक्रपथ बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन्। नगद र कागजात बोकेर चाबहिलस्थित ए वान क्याफेनजिक ...
पुर्नस्थापनाको आशा नगरी निर्वाचनको तयारीमा लाग्न सरकारको आग्रह

पुर्नस्थापनाको आशा नगरी निर्वाचनको तयारीमा लाग्न सरकारको आग्रह

ब्यानर समाचार 2, राजनिती, समाचार, समाज
काठमाडौं , पुस १७ । निर्वाचनको तयारीमा लाग्न राजनीतिक दलहरुलाई सरकारले आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरुलाई आगामी वैशाखमा हुने निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका हुन् । शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता समेत रहेका मन्त्री गुरुङले संसद पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलन गर्ने राजनीतिक दलहरुलाई आगामी वैशाखमा घोषणा भएको निर्वाचनको तयारीमा लाग्न अनुरोध गरे । उनले सरकारले निर्वाचनको तयारी गरेको, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा संसद पुर्नस्थापनाको आशा नगरी निर्वाचनमा लाग्न अनुरोध गरे । मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन पछि सरकारले गरेका कामको वैधानिकतामाथि प्रश्न उठ्ने गरेको भन्दै सरकारले गरेको काम संवैधानिक भएको बताए । सरकारले गरेको काम नेपालको कानून बमोजिम...
राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने, प्रतिनिधिसभा भंग गरेको भन्दै नेताहरूले गरे विरोध

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने, प्रतिनिधिसभा भंग गरेको भन्दै नेताहरूले गरे विरोध

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ, पुस १७ । राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ।अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका हुन । आज बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दल जसपाका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विषयमा दलका नेताहरूले विरोध गरेका छन् । नेकपाका सांसद दिनानाथ शर्मा, कांग्रेस सांसद जितेन्द्रनारायण देव र जसपा सांसद प्रमिला कुमारीले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी रहेको भन्दै विरोध गरेका थिए । साथै पूर्वसांसदहरूको निधनमा आजको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ।बैठकको आरम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । यसैबीच सभाका नेकपा संसदीय दलका नेता द...
गृहमन्त्री थापाको दाबि- स्थिरता कायम गर्न संसद विघटन , यो लडाइँमा हामी नै विजयी हुन्छौ

गृहमन्त्री थापाको दाबि- स्थिरता कायम गर्न संसद विघटन , यो लडाइँमा हामी नै विजयी हुन्छौ

ब्यानर समाचार, राजनिती
    काठमाडौं, पुस १७ ।  । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहेका गृहमन्त्री थापाले शुक्रबार नेकपा निकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुर महानगरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यसतो बताएका हुन् । देशमा स्थायित्व ल्याउन सरकारले संसद विघटन गरेको उनले बताए । सरकारले संसद विघटन गरेर माध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर सरकारले अग्रगामी कदम चालेको बताए । संसद विघटन भएसँगै पार्टी भित्रको एउटा पक्ष संसद पुनरस्थापनाको माग गर्दै पार्टीबाट अलग भएको समेत उनले बताए । तर पहिलाको संसदले स्थायित्व ल्याउन सक्छ या नयाँ संसदले मात्रै स्थायित्व ल्याउन सक्छ भन्ने क...
बालबालिकाको प्रधानमन्त्री ओलीलाई प्रश्न : कोरोनाविरुद्धको खोप कहिले आइपुग्छ ? पहिले जस्तो ढुक्क भएर विद्यालय जान कहिले पाउँछौँ

बालबालिकाको प्रधानमन्त्री ओलीलाई प्रश्न : कोरोनाविरुद्धको खोप कहिले आइपुग्छ ? पहिले जस्तो ढुक्क भएर विद्यालय जान कहिले पाउँछौँ

ब्यानर समाचार, समाचार
काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप ल्याउनका लागि सरकारले गम्भीरताका साथ तयारी गरिरहेको बताएका छन्। शुक्रबार बालुवाटारमा आयोजित बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले छिट्टोभन्दा छिट्टै भ्याक्सिन ल्याउन विषयमा छलफल भइरहेको समेत जनाकारी दिए । नेपालीले कोरोनाको खोप कहिले पाउँछन्रु हामी कहिलेदेखि पहिलकै जस्तो ढुक्क भएर विद्यालय जान पाउँछौँ भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन्। उनले निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउन अनुमति दिने र सरकारका तर्फबाट पनि छिटो ल्याउने गरी तयारी भएको बताए। ‘निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउनका लागि अनुमति दिने र सरकारका तर्फबाट पनि छिटोभन्दा छिटो ल्याउने उनले उल्लेख गरे । सबैभन्दा पहिला फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जेष्ठ नागर...
सरकार कामचलाउ भएको छैन : प्रवक्ता गुरुङ

सरकार कामचलाउ भएको छैन : प्रवक्ता गुरुङ

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १७ सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पार्वत गुरुङले प्रतिनिधिसभा विघटन भएपनि सरकार कामचलाउ नभएको दाबी गरेका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले यस्तो बताएका हुन्। उनले यो विषयमा संवैधानिक हिसाबले प्रश्न गर्न नमिल्ने र प्रश्न उठाउन नसक्ने विषय भएकोसमेत दाबी गरे। प्रतिनिधिसभा विघटनपछि केही अन्यौल सिर्जना भए पनि त्यस्तो अन्यौल र भ्रममा नपर्न आग्रह गरे। उनले सरकारका सबै काम संवैधानिक नै भएको बताए। 'सरकार कामचलाउ भएको छैन। सरकारले गरेका कार्य संवैधानिक छन्। मान्यता प्राप्त छ। भ्रम नपर्न आग्रह गर्छु,' उनले भने, 'संवैधानिक तर्फबाट निर्णयमा प्रश्न गर्ने ठाउँ छैन। सडकमा राजनीतिक एजेन्डा छैन। राष्ट्रपति संस्थाप्रति नै असभ्य नारा लगाइएको छ। निन्दनीय छ। गणतन्त्रप्रति नै आँच आउनेप्रति सचेत हुनुपर्दछ।...
नेपाल बंगलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम हस्तान्तरण

नेपाल बंगलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम हस्तान्तरण

आर्थिक, मुख्य समाचार, समाचार
काठमाण्डौं, पुष १७ नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फ्रेन्डशिप फाउन्डेसन नेपाललाई तीन लाख रुपैँया हस्तान्तरण गरेको छ । सो रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग हुनेछ । गोरखा केराबारी १ मा निर्माण हुन गईरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थीलगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराउने छ । बैंकको मुख्य कार्यालय कमलादी काठमाडौँमा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई उक्त रकम हस्तान्तरण गरे ।...
पछिल्लो २४ घण्टामा ४२६ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४२६ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १७ पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६ हजार ४८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार २ सय २५ पिसिआर परीक्षण गर्दा ४ सय २६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७ सय २ पुगेको छ। शुक्रबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ७ सय ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको मन्त्रालयले जनाएको छ।...
सरकारको विरोधमा राजधानीमा राप्रपाको प्रदर्शन

सरकारको विरोधमा राजधानीमा राप्रपाको प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष १७ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ । सरकार चौतर्फी रुपमा असफल भएको भन्दै राप्रपाले शुक्रबार प्रदर्शन गरेको हो । सरकारको विरोधमा प्रदर्शनमा उत्रिएको राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको पक्षमा चर्को नाराबाजी गरेको छ । राजधानीको भृकुटीमण्डपमा भेला भएर राप्रपाले सुरु गरेको प्रदर्शन रत्नपार्कको शान्ति बाटिकामा पुगेर सभामा परिणात भएको छ । सभालाई राप्रपाका अध्यक्षद्वय कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्दैछन् ।...
प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष १७ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आफूहरु आधिकारिक नेकपा भएको र चुनाव चिन्ह सूर्य पाउनु पर्ने भनी दिएको निवेदनलाई निर्वाचन आयोगले फिर्ता गरेको दाबी गरेका छन्। तर निर्वाचन आयोगले भने सो निवेदन फिर्ता नभएको र यथाअवस्थामै रहेको जानकारी दिएको छ। ‘आयोगमा आएका कागजात फिर्ता हुने कुरा हुँदैन, त्यस्तो भएको छैन,’ आयोगका सहायक प्रवक्ता कोमल धमलाले नेपालखबरसँग भने ‘आधिकारिकताको कुरा पछि निर्णय हुन्छ।’ अर्को पक्षका नेताहरुले पनि ओलीकाे सो दाबी झूठो भएको बताएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार प्रवासी नेपालीहरुसँगको एक भर्चुअल अन्तरक्रियामा साे दाबी गरेका थिए। ‘किनभने हामी आधिकारिक पार्टी हौं, हामीसँगै चिन्ह र बहुमत छ किन जानुपर्‍यो?,’ उनले भने, ‘चुनावै नलड्नेहरु उहाँहरुलाई सूर्य चिन्ह किन चाहिएछ?’ ‘झुठाे प्रचार’ तर यता प्रचण्ड–नेप...