Wednesday, April 17
Shadow

नेपाल बंगलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम हस्तान्तरण


  • -इ
  • इ+

काठमाण्डौं, पुष १७
नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फ्रेन्डशिप फाउन्डेसन नेपाललाई तीन लाख रुपैँया हस्तान्तरण गरेको छ ।

सो रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग हुनेछ ।

गोरखा केराबारी १ मा निर्माण हुन गईरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थीलगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराउने छ ।

बैंकको मुख्य कार्यालय कमलादी काठमाडौँमा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई उक्त रकम हस्तान्तरण गरे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares