काठमाण्डौं, पुष १७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ । सरकार चौतर्फी रुपमा असफल भएको भन्दै राप्रपाले शुक्रबार प्रदर्शन गरेको हो ।
सरकारको विरोधमा प्रदर्शनमा उत्रिएको राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको पक्षमा चर्को नाराबाजी गरेको छ । राजधानीको भृकुटीमण्डपमा भेला भएर राप्रपाले सुरु गरेको प्रदर्शन रत्नपार्कको शान्ति बाटिकामा पुगेर सभामा परिणात भएको छ ।
सभालाई राप्रपाका अध्यक्षद्वय कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्दैछन् ।