Friday, May 10
Shadow

Month: January 2021

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट तौलिहवामा

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट तौलिहवामा

आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौं, पुष १७ तौलिहवा । सिद्धार्थ बैंक लिमिटेडले पुस १५ गतेबाट कपिलवस्तु स्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ। बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरी रहेको बैंकले जनाएको छ ।...
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु

बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु

समाचार, समाज, स्वास्थ्य
काठमाण्डौं, पुष १७ रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका–८ की ४२ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो । अस्पतालका अनुसार उनीमा ५ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरोका साथै स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई १० पुसमा अस्पताल भर्ना गरिएको थियो ।...
राष्ट्रिय सभाको बैठक तयारी सकियो एक सांसदसहित ६ जनामा कोरोना सङ्क्रमण,

राष्ट्रिय सभाको बैठक तयारी सकियो एक सांसदसहित ६ जनामा कोरोना सङ्क्रमण,

ब्यानर समाचार, राजनिती, समाचार
राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार देखि हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि हिजो बिहीबार ४१ जना सांसदसहित ९७ जनाको स्वाब सङ्कलन गरेकोमा एक जना सांसदसहित ६ जनामा कोरोना पुष्टि भएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उनीहरूमा कोरोना पुष्टि भए पनि राष्ट्रिय सभाको बैठकमा कुनै असर नगर्ने र बैठकको सबै तयारी पूरा भएको पनि सहप्रवक्ता धमलाले बताउनुभयो । राष्ट्रिय सभामा विभिन्न १६ वटा विधेयक विचाराधीन रहेको संसद् सचिवालयले जनाएको छ । ६ वटा दर्ता भएर मात्रै रहेका छन् भने बाँकी १० वटा विधेयक सभा र समितिमा छन् । कुनै पनि कानुन बन्न दुवै सदनबाट विधेयक पास भएर राष्ट्रपतिकहाँ पुग्नुपर्ने हुन्छ । अहिले प्रतिनिधि सभा नभएका कारण राष्ट्रिय सभाले आफ्नो कामका रूपमा विधेयकमाथि छलफल गरेर पास गरे पनि कानुन बन्न प्रतिनिध...
बायोएनटेक खोपलाई आपत्कालीन प्रयोगका लागि सूचीकृत

बायोएनटेक खोपलाई आपत्कालीन प्रयोगका लागि सूचीकृत

ब्यानर समाचार 2, स्वास्थ्य
काठमाडौं  विश्व स्वस्थ्य संगठनले फाइजर बायोएनटेक खोपलाई आपत्कालीन प्रयोगका लागि सूचीकृत गरेको छ ।   बेलायतबाट डिसेम्बर १० मा आपत्कालीन प्रयोग गर्न सुरु गरिएको फाइजरको खोप अहिले अमेरिकालगायत १७ ओटा मुलुकले प्रयोग गरिरहेका छन् । बिहीबार फाइजरलाई अनुमति दिँदै अब युनिसेफ र अमेरिकी स्वास्थ्य संगठनलाई पनि विश्वभर खोप वितरण गर्न बाटो खुलेको जनाएको छ ।   अल्ट्रा कोल्डचेन अर्थात् माइनस ६० देखि ९० डिग्री सेल्सियससम्ममा भन्डारण गर्न सकिन्छ  भने यसको बजार मूल्य १९.५ डलर प्रतिखोप तोकिएको छ ।...
राष्ट्रियसभाका एक सांसदसहित ६ जनालाई कोरोना

राष्ट्रियसभाका एक सांसदसहित ६ जनालाई कोरोना

समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १७ संघीय संसदको राष्ट्रियसभाका एक सदस्यसहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रियसभाका १ सदस्य र ५ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। एक जना माननीय सदस्य र पाँच जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ हिजो बिहीबार ९७ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा ४१ जना सांसदले पनि कोरोना परीक्षणका लागि स्वाब बुझाएका थिए। राष्ट्रियसभाको हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि बस्दैछ।  प्रतिनिधिसभाको विघटन गत पुस ५ गते नै विघटन भइसकेको छ। प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक राष्ट्रियसभाको बैठक बस्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजको लागि संसद् अधिवेशन बोलाएकी हुन्। एक सांसद र पाँच जना कर्मचारीलाई कोरोना भाइरसको संक्रम...
ईसेवाले २५ हजार रूपैयाँ बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क उपलब्ध गराउने

ईसेवाले २५ हजार रूपैयाँ बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क उपलब्ध गराउने

ब्यानर समाचार 2, समाचार, समाज
काठमाण्डौ १७ ह्वावे आइसिटी अवार्ड २०२० अन्तरगतका ५ विधाका विजेतालाई ईसेवाले २५ हजार रूपैयाँ बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क उपलब्ध गराउने भएको छ । फोनपे/ईसेवाको तर्फबाट आइसिटी अवार्ड २०२० अन्तरगतका स्टार्टअप, प्रोडक्ट, इन्नोभेसन, राइजिङ स्टुडेन्ट र जुरी मेन्सन विधाका अवार्ड विजेताले २५ हजार बराबरको एपीआई इन्टिग्रेसन निःशूल्क पाउने भएका हुन् । यस वर्षको आइसिटी अवार्डको स्टार्टअप विधामा क्रिप्टोजेन नेपाललाई अवार्ड प्रदान गरिएको थियो । भने प्रोडक्ट विधामा सीपीएफडीएसलाई अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी राइजिङ स्टुडेन्ट विधामा सञ्चै छौं, इन्नोभेसन विधामा पाइला इमरजेन्सी रिससीएटर र जुरी मेन्सन विधामा हाम्रो स्वास्थ्यलाई अवार्ड प्रदान गरिएको थियो । सन् २०२० को आइसिटी अवार्डमा फोनपे पावर्ड पार्टनरको रुपमा रहेको थियो । भने ईसेवा पेमेन्ट पार्टनरको रुपमा रहेको थियो । गत शनिब...
पूर्वराजाले मनाए मेची क्राउन प्लाजामा नयाँ वर्ष

पूर्वराजाले मनाए मेची क्राउन प्लाजामा नयाँ वर्ष

मुख्य समाचार
काठमाण्डौं, पुष १७ पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको धुलाबारीमा रहेको मेची क्राउन प्लाजा पुगेर नयाँ वर्ष मनाएका छन् । उनी बिहीबार बेलुका साढे ८ बजेतिर मेची क्राउन प्लाजा पुगेका थिए । पूर्वराजा शाहले त्यहाँ करिब पाँचघण्टा बिताएको होटलका अध्यक्ष पवित्रकुमार कार्कीले  जानकारी दिए । “उहाँ एक्कासी हाम्रो होटलमा आउनुभयो,” उनले भने, “पूर्वमा यस्तो राम्रो होटल बनाएको भन्दै प्रशंसा पनि व्यक्त गर्नुभयो । उहाँले यहाँ नयाँ वर्ष मनाएर निस्कनुभयो ।” पूर्वराजा शाह आफ्ना सचिवालयका केही कर्मचारीसँग त्यहाँ पुगेका थिए ।...
जापानले बनायो समाउनै नपर्ने उड्ने छाता !

जापानले बनायो समाउनै नपर्ने उड्ने छाता !

समाचार
काठमाण्डौं, पुष १७ नेपालका संकटा चितवन लगायतका विभिन्न ठाउँमा रंगीचंगी छाता आकाशमा झुन्ड्याउने प्रचलन चलेको छ । मानिसहरु यसतर्फ आकर्षित पनि भएको देखिन्छ । काठमाडौंको संकटा, चितवन लगायतका ठाउँमा आकाशमा रंगीचंगी झण्डा झुन्ड्याएको देखिन्छ । जसले मानिसलाई त्यसतर्फ लोभ्याएको छ । तर जापानमा एक आइटी कम्पनीले आफैँ उड्ने अटोमेटिक छाता बनाएको छ । यहाँ छातालाई ड्रोनको सहायताले उडाइन्छ । वर्षाको समयमा होस या घाम लाग्दा मानिसले छाता समाएर हिँड्न नपर्ने प्रविधि उनीहरुले विकास गरेका छन् । उक्त कम्पनिले बनाएको छाता आवश्यकता पर्दा प्रविधिको प्रयोग गरी मान्छेको वरिपरि आफैँ ल्याउन सकिन्छ । यसलाई समाइरहन पर्दैन । पाँच किलो तौल भएको यो छाता पाँच मिनेटसम्म उड्न सक्ने कम्पनीले बताएको छ । यसको तौल बढी भएका कारण केही समस्या भएको तर यसलाइ चाँडै प्रयोगमा ल्याउने प्रयासमा रहेको कम्पनीको भनाइ छ ।...
कपिलबस्तुमा जनता आवास निर्माणमा बिचौलियाको रजाइँ

कपिलबस्तुमा जनता आवास निर्माणमा बिचौलियाको रजाइँ

आर्थिक, मुख्य समाचार, स्थानिय तह
कपिलबस्तु, पुष १७ जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं ६ मा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुन लागेका घरमा मापदण्ड अनुसारको इट प्रयोग भएको छैन । वार्ड नं ६ को भिल्मी गाँउमा ७ वटा घर र कर्मा गाउँमा २ वटा गरी कुल ९ वटा घर निर्माण भईरहेको छ। घर निर्माण कार्य नै नियम बिपरीत भईरहेको छ। नियम अनुसार घर निर्माण हुन लागेको ९ जना को उपभोक्ता समितिले उक्त निर्माण कार्य गर्ने भए पनि वार्ड नं ६ मा यस्तो छैन। त्यहाँ बिचौलियले फाइदा उठाई रहेका छन। बिचौलियले घर निर्माणमा स्टीमेट बिपरीत कार्य गरेको देखिएको छ। स्टीमेटमा एक नंबर ईटा रहे पनि बिचोलियले तेस्रो नंबरको कम्सल ईट प्रयोग गर्दै आएको छ। एक जना (घर निर्माण हुने ब्याक्ती )अनुसार इँटा खासलदा हामीले तेस्रो नम्बरको इटा अस्वीकार गरेका थियौ । इटा ठीक छैन भन्दा पनि राजकुमारले भन्छन की जगमा ( बुनियाद ) यहीँ इटाबाट रहनेछ । पर्खालमा एक नंबर इट प्रयोग...
आजदेखि अनलाइनबाटै पुन : श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

आजदेखि अनलाइनबाटै पुन : श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, समाचार
  काठमाण्डौँ, पुष १७ आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । अनलाइनमार्फत घरमै बसेर वा विदेशबाटै पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ । एक पटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक्स अर्थात आँखाको स्क्यान वा औंठाछापको स्क्यान गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सक्नेछन् । अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेबसाइट www.dpfe.gov.np​ मा गएर अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ । श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नुपर्छ । साथै श्रम स्वीकृतिको लागि आव...