Monday, May 4
Shadow

Month: January 2021

कोरोना प्रकोप :  विश्वभर ५ करोड ९६ लाख संक्रमणमुक्त, १८ लाख ३४ हजारको मृत्यु

कोरोना प्रकोप : विश्वभर ५ करोड ९६ लाख संक्रमणमुक्त, १८ लाख ३४ हजारको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , पुस १८ । विश्वभरमा पाँच करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा पाँच करोड ९६ लाख १८ हजार दुई सय ४७ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा आठ करोड ४३ लाख ४९ हजार पाँच सय २३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १८ लाख ३४ हजार तीन सय ५४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २८ लाख ९६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड २१ लाख ७२ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ५६ हजार चार सय एक जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म एक करोड तीन लाख तीन हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९९ लाख एक हजारभन्दा बढी निको भएका छन् भने क...
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः आज सेमिफाइनलका खेल हुँदै

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः आज सेमिफाइनलका खेल हुँदै

खेलकुद
काठमाडौं , पुस १८ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै छन् । आजको पहिलो खेलमा समूह ‘ए’ को विजेता एपीएफले समूह ‘बी’ को उप विजेता सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै आजै हुने अर्को खेलमा समूह ‘बी’को विजेता प्रदेश एकले समूह ‘ए’ को उप विजेता लुम्बिनीसँग खेल्ने छ । ८ वटा टिम सहभागी यस प्रतियोगितामा विभागीय क्लब एपीएफ, प्रदेश एक, लुम्बिनी र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका हुन् । आजको विजेताले भोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । उप–विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५–२५ हजार रुपैयाँ पाउनेछन् ।...
प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कांग्रेस किन मौन ?

प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कांग्रेस किन मौन ?

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १८ । पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो। लगतै बसेको नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर ग¥यो। उसले भन्यो– ’प्रधानमन्त्रीको यो कदम सर्वसत्तावादी आकांक्षाबाट प्रेरित छ।’ कांग्रेसको यस्तो प्रतिक्रिया आएपछि धेरैले अनुमान गरे– नयाँ संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन र त्यसविरुद्ध कांग्रेस सडकमा उत्रिनेछ। पुस ६ गते पनि आफ्नै पहलमा प्रमुख दलहरूको बैठक राखेर कांग्रेसले त्यही कुरा दोहो¥यायो। आन्तरिक बैठकपछि थप छलफल गरेर अघि बढ्ने दलीय सहमति भयो। यसबीचमा कांग्रेसले पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन ग¥यो। तर उसले ...
दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस १८ । सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।प्रतिनिधिसभा विघटनपछि विभाजन देखिएपछि यो समुह अहिले सडकमा आएको छ । आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने नेता हिमाल शर्माले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक द्वन्द्वको सजाय जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई बनाएर असंवैधानिक काम गरेको भन्दै दाहाल-नेपाल समूह रूष्ट रहेको छ । सो कदमको अरू दलले पनि विरोध गरेपछि संयुक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ । यता दाहाल(नेपाल समूहलाई नेपाली कांग्रेसले तत्कालै संयुक्त आन्दोलनमा साथ नदिने भएपछि दोस्रो चरणको आन्दोलनमा जान लागेको हो । प्रतिनिधिसभा विघटन भए शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बनाए...
आजको मौसमः यी भू-भागमा वर्षा र हिमपात, कुन ठाउँमा कस्तो ?

आजको मौसमः यी भू-भागमा वर्षा र हिमपात, कुन ठाउँमा कस्तो ?

ब्यानर समाचार, मौसम, समाज
काठमाडौं , पुस १८ । अहिले देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुसुरकुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले मौसम बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १८ गते (शनिबार) दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।सुदुर पश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भू-भागमा हल्का हिमपात तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ । राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ।सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको सम्भावना रहेको छ साथै सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का बर्षाको समेत ...
नयाँ बर्षको पहिलो दिनः तीन लाख ७१ हजार शिशु जन्मिए

नयाँ बर्षको पहिलो दिनः तीन लाख ७१ हजार शिशु जन्मिए

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं, पुस १७ । नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ । “हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,” कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भने । गत बर्ष सन् २०२० सवैका लागि चुनौतिपूर्ण बर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो ।” उनीद्वारा जारी वक्तव्यमा लेखिएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष ९युनिसेफ०ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कोम्बोडियामा यस बर्षको पहिलो दिन ९७१ जना जन्मिएका हुन् । अरु देशको तुलनामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने पनि उनले आशा व्यक्त गरेका छन् । कम्बोडियामा जन्मिएका बालबालिकाको...
रातिमा मस्त सुत्नुहोस् र स्मरण शक्ति बनाउनुहोस् तेज !

रातिमा मस्त सुत्नुहोस् र स्मरण शक्ति बनाउनुहोस् तेज !

जिवनसैली, टिप्स
काठमाडौं पुस १७ । हाम्रा केहि बानी बेहोराहरु निकै घातक हुन्छन् । जसले हाम्रो दिमागलाई बिस्तारै बिस्तारै सुस्त बनाई रहेको हुन्छ । तनाव सबको जीवनकोको एक हिस्सा बनेर रहेको हुन्छ ।  आज भोली मानिस सामाजिक सञ्जालमा नै रोमलीएका हुन्छन् । यसले गर्दा निद्रा नै बिगारेको छ । समयमा सुत्ने बानी छैन । यसले स्वास्थ्यमा असर पार्छ । यदि तपाइँ स्वस्थ बन्न चाहानु हुन्छ या आफ्नो स्मरणशक्ति तिव्र बनाउन चाहनुहुन्छ भने अन्य चिन्ता छाडेर आरामले आफ्नो निद्रा पूरा गर्नुहोस् । राम्रो निद्राले नै तपाइँको स्मरण शक्ति बढाउन सहयोग बन्दछ । एक अध्ययनबाट यसको पुष्टि भएको छ ।अध्ययनअनुसार पूरै दिन व्यक्तिको मानसिक गतिविधि राति निद्रामा मस्तिस्कले पुन दोहोर्‍याउने गर्दछ ।जसबाट तन्त्र कोशिकाबीच सक्रिय माइक्रोस्कोपिक कनेन्सन बलियो बन्छ । निद्राका बेला दोहोरिने गतिविधि मस्तिस्कको हिप्पोक्याम्पस क्षेत्रमा हुन्छ । जो ...
प्रतिनिधिसभा विघटनः प्रदेश २ मा स्थानीय तहसम्मै साताव्यापी आन्दोलन घोषणा

प्रतिनिधिसभा विघटनः प्रदेश २ मा स्थानीय तहसम्मै साताव्यापी आन्दोलन घोषणा

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रदेश २ मा साताव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल समूहले नेकपाको जनकपुरस्थित प्रादेशिक पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी १८ देखि २४ पुससम्म आन्दोलन गर्ने बताएको हो । प्रतिनिधिसभा विघटन गरेर ओलीले संविधान, संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशिता नै समाप्त पार्ने षड्यन्त्र गरेपछि आफूहरूले कडा आन्दोलन सुरु गर्न लागेको पत्रकार सम्मेलनमा नेताहरूले दाबी गरेका छन् । ओलीको प्रतिगामी कमदविरुद्ध एक हजार एक सय सदस्यीय प्रादेशिक संघर्ष समिति गठन गरिएको नेकपाका प्रदेश सहइन्चार्ज विश्वनाथ साहले बताए । साहकै संयोजकत्वमा गठित संघर्ष समितिले प्रदेशका आठवटै जिल्ला, स्थानीय तह तथा वडामा समेत संघर्ष समिति गठन गरिएको छ । संघर्ष समितिले १८ देखि २४ पुससम्म आन्दोलन...
कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीमाथि कारबाही हुन्छः मन्त्री भट्ट

कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीमाथि कारबाही हुन्छः मन्त्री भट्ट

Uncategorized
काठमाडौं , पुस १७ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ४१ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टले विभिन्न बस्तुहरुमा कृत्रिम मूल्यवृद्धि भएको गुनासो आएकाले व्यवसायीहरु नसच्चिए सरकारले अनुगमन गरी कारबाही गर्ने बताउनुभएको हो । अहिले दाल, फलाम, सिमेन्ट लगायतको बस्तुहरुमा अत्याधिक महँगी बढेको गुनासो आएकाले मूल्यवृद्धि नियन्त्रण आफै गर्न उद्योग व्यवसायीका संगठनहरुलाई आग्रह गर्नुभयो । आफै मूल्यवृद्धि नियन्त्रणमा नआए सरकार बाध्य भएर अनुगमन गर्ने र गल्ति गर्नेलाई नछोड्ने बताउनुभयो । निजी क्षेत्रलाई स्वतन्त्ररुपमा छोडिएको अवस्थामा व्यवसायीहरुले मूल्य वृद्धि गरेर बजारलाई महँगो बनाएको पनि मन्त्री भट्टले बताउनुभयो । उद्योगी व्यवसायीहरुलाई सरकारले वि...
अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित छ :  गौतम

अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित छ : गौतम

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझैपनि एकता जोगाउने सम्भावना जिवित रहेको बताएका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिदैँ यस्तो बताएका हुन् । नेकपा फुटिनसकेको र अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको उनले बताए । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उनको भनाइ छ । उपाध्यक्ष गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफुसँग रहेको बताए ।उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडि बढाउने पनि बताए ।...