Friday, March 29
Shadow

रातिमा मस्त सुत्नुहोस् र स्मरण शक्ति बनाउनुहोस् तेज !


  • -इ
  • इ+

काठमाडौं पुस १७ । हाम्रा केहि बानी बेहोराहरु निकै घातक हुन्छन् । जसले हाम्रो दिमागलाई बिस्तारै बिस्तारै सुस्त बनाई रहेको हुन्छ ।

तनाव सबको जीवनकोको एक हिस्सा बनेर रहेको हुन्छ ।  आज भोली मानिस सामाजिक सञ्जालमा नै रोमलीएका हुन्छन् । यसले गर्दा निद्रा नै बिगारेको छ । समयमा सुत्ने बानी छैन । यसले स्वास्थ्यमा असर पार्छ । यदि तपाइँ स्वस्थ बन्न चाहानु हुन्छ या आफ्नो स्मरणशक्ति तिव्र बनाउन चाहनुहुन्छ भने अन्य चिन्ता छाडेर आरामले आफ्नो निद्रा पूरा गर्नुहोस् ।

राम्रो निद्राले नै तपाइँको स्मरण शक्ति बढाउन सहयोग बन्दछ । एक अध्ययनबाट यसको पुष्टि भएको छ ।अध्ययनअनुसार पूरै दिन व्यक्तिको मानसिक गतिविधि राति निद्रामा मस्तिस्कले पुन दोहोर्‍याउने गर्दछ ।जसबाट तन्त्र कोशिकाबीच सक्रिय माइक्रोस्कोपिक कनेन्सन बलियो बन्छ ।

निद्राका बेला दोहोरिने गतिविधि मस्तिस्कको हिप्पोक्याम्पस क्षेत्रमा हुन्छ । जो स्मरणलाई सुरक्षित राख्ने केन्द्रीय प्रणाली हो ।ब्रिस्टल विश्वविद्यालयका मुख्य सोधार्थी ज्याक मेलरले भने, ‘यो निष्कर्ष निद्राका बेला मस्तिस्कमा स्मृतिलाई एकत्रित गर्ने मौलिक प्रक्रियाबारे हो ।

यो सोधबाट राम्रो निद्रा सुत्नेहरुमा सामान्य व्यक्तिको तुलनामा स्मरण शक्ति बढेर जाने पाइएको छ ।’ यसरी निन्द्रा पुग्दा स्थास्थ्यमा आरामदायि मिल्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares