Saturday, May 2
Shadow

Month: January 2021

कोरोनाबाट थप ८ जनाको मृत्यु, ४ सय २१ नयाँ संक्रमित

कोरोनाबाट थप ८ जनाको मृत्यु, ४ सय २१ नयाँ संक्रमित

समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १९ नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार आठ सय पिसिआर परीक्षणमा उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म सक्रिय संक्रमितको संख्या५ हजार ४ सय ८७ छ । ६ सय ३७ संक्रमणमुक्त भएसँगै हालसम्म २ लाख ५४ हजार चार सय ९४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १८ सय ७८ जना पुगेको छ । बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।...
संचालनमा आउन थाले नाट्य घर

संचालनमा आउन थाले नाट्य घर

आर्थिक, मनोरञ्जन, समाचार
काठमाण्डौँ, पुष १९ काठमाण्डौँका नाट्य घर सन्चालनमा ल्याउनथालेको छ । कोभिडको १९ को कारणले ९ मिहना देखी बन्द रहेका रंग मन्चहरू सन्चालनमा आउन थालेका छन् । सरकारले सीनेमाहललाइ पुष १० गते नै सन्चालको अनुमती दिए संगै रंगकर्मी पनी नाटक घर खोल्ने तयारीमा रहेका छन । स्वास्थ सुरक्षालाइ केन्द्रित गरेर काठमाण्डौं को बत्तीस पुतली स्थीत सील्पीथेटरमा आइतबार नाटक देखाइदै छ । कोरोनाको कारणले लामो समय पछी नाटक देखाउन पाइने भएकोले रंगकर्मीहरू खुसी देखिएका छन र अनौठो पनि मानीरहेका छन। १ बर्षको लामो समयको अन्तराल पछी थेटरमा उपस्थीत हुन नपाउदा घरमै बसेको बाहीर हिडडुल गर्ने बानि बसेकोले दर्शकको अगाडी उपस्थीत हुनपाउदा फरक किसीमको अनुभव भएको बताउनु हुन्छ । रंगकर्मी पवित्रा खड्का उपत्यकामा सील्पी , मण्डला ,सर्बनाम र कौसि जस्ता नाट्य घरहरू रहेका छन् । कोरोनाको कारणले गर्दा ९ महिना सम्म बन्द हुदा रंगकर्मी का...
कांग्रेसले पुस २५ देखि प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

कांग्रेसले पुस २५ देखि प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १९ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । यस्तै विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते सबै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ । पुस १३ गते पनि उसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।...
प्रभु मनि ट्रान्सफरद्धारा शोले यूवा क्लब तमानखोला लाम्मेलालाई खेलकुद सामाग्री सहयोग

प्रभु मनि ट्रान्सफरद्धारा शोले यूवा क्लब तमानखोला लाम्मेलालाई खेलकुद सामाग्री सहयोग

खेलकुद, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
लक्ष्मी तिवारी/काठमाण्डौं १९ विदेशबाट नेपालमा रकम पठाउन तथा प्राप्त गर्नका लागि विश्वासिलो माध्यम बनेको प्रभु मनी ट्रान्सफरले तमानखोला गा.पा.४ मा रहेको शोले युवा क्लबलाई खेलकुद सामग्री सहयोग गरेको छ । संचारकर्मी जसिन्द्र श्रीपालीको पहलमा प्रभू प्रभु मनि ट्रान्सफरले खेलकुद सामाग्री सहयोग गरेको हो। प्रभू बैंक तथा ग्रुपमा अध्यक्ष समेत रहनुभएका बंंैकर देवि प्रकाश भट्टचनको जन्मथलो समेत रहेको उक्त क्लबले खेलकुद क्षेत्रमा मात्र नभएर समाजमा चेतना स्तर उकास्न, सामाजिक जनचेतनाको काम हरु समेत गर्न सकोस भन्ने अपेक्षा रहेको प्रभु मनी ट्रान्सफरको अपेक्षा रहेको बताउनु भएको छ । भट्टचन केहि वर्ष पहिले सोहि क्लबले प्रत्येक वर्ष आयोजना गर्ने जेष्ठ मेला समापन गर्न हेलिकप्टर मार्फत परिवारिक सदस्य सहित उक्त स्थानमा पुग्नुभएको थियो । हाल कोरोना महामारिको समय छ यो समय प्राय मान्छे गाउघरमा फुर्सदिला भ...
कांग्रेस नेता शेखर कोइरालाका दाजु निरन्जनको निधन

कांग्रेस नेता शेखर कोइरालाका दाजु निरन्जनको निधन

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १९ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरन्जन कोइरालाको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा उपचारत कोइरालाको आइतबार बिहान करिब एघार बजे निधन भएको भाइ शेखर कोइरालाले बताए । ‘उपचारकै क्रममा आइतबार बिहान दाजु बित्नु भयो’ हाल दिल्लीमै रहेका शेखरले भने । कोराना भाइरसको संक्रमण पुष्टि भएपछि ५ डिसेम्बरदेखि उनको अस्पतालमा उपचार चलिरहेको थियो । कोरोना संक्रमणबाट मुक्त भए पनि विगत केही दिनयता स्वास्थ्य जटिल बनेपछि उनलाई आईसियुमा राखिएको थियो । निरन्जन केशव कोइराला र नोना कोइरालाका दुई छोरामध्ये जेठा हुन् । कोइराला पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा सक्रियरुपमा संलग्न थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल उनका समकालीन हुन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारमा उनले केही समय पर्यटन मन्त्रालयको विज्ञका रुपमा ...
प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन,

प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन,

आर्थिक, समाचार
काठमाण्डौं, पुष १९ प्राइम कर्मसियल बैंक लिमिटेडको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधाणसभा र लाभांश वितरण गर्नको लागि बैंकले पुस २० गते बुक क्लोज गर्ने जनाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । पौष ७ गते बसेको सञ्चालक समितिको बैठकले १३ औ साधारणसभा पौष २९ भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको थियो । सभा कन्द्रिय कार्यालय काठमाडौंबाट बिहान १० बजे सञ्चालन गर्ने पनि जानकारी दिएको छ । २९ गतै बस्ने सभाले ०७६÷०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । ...
पीएम कप महिला टी ट्वान्टी उपाधि प्रदेश १ लाई

पीएम कप महिला टी ट्वान्टी उपाधि प्रदेश १ लाई

खेलकुद, समाचार
काठमाण्डौँ, पुष १९ पीएम (प्रधानमन्त्री) कप महिला टी ट्वान्टी क्रिकेट उपाधि प्रदेश १ ले जितेको छ। दाङको लमहीमा सम्पन्न खेलमा प्रदेश १ ले सशस्त्र प्रहरीको विभागीय टिमलाई आठ रनले पराजित गरेको हो। पीएम कप प्रदेश १ ले पहिलोपटक जितेको हो।
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही हुन्छ : गृहमन्त्री

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही हुन्छ : गृहमन्त्री

ब्यानर समाचार, राजनिती, समाचार
गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही गरिने जानकारी दिनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आइतबार (आज) बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिनेमाथि मन्त्रालयले छानबिन सुरु गरिसकेको बताउनुभयो । मन्त्री थापाले भन्नुभयो, 'राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानुनी र आपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारबाही गर्न निर्देशन दिएको छु ।' सङ्घले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारबाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो । 'आगामी वैशाखमा चुनाव गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा...
पाँच किलो गाँजासहित युवक पक्राउ

पाँच किलो गाँजासहित युवक पक्राउ

अपराध, समाचार
काठमाण्डौं, पुष १९ रौतहटको गरूडा नगरपालिका–२ बाट सोही ठाउँका एक युवक लागुऔषध गाँजासहित पक्राउ परेका छन्। २९ वर्षीय रामविश्वास सहनी शनिबार दिउँसो पक्राउ परेका हुन्।इलाका प्रहरी कार्यालय गरूडा बजारबाट खटिएको प्रहरीले उनको साथबाट करिब पाँच किलो गाँजा बरामद गरेको छ। प्रहरीले उनी सवार ना.५६ प २६५५ नम्बरको मोटरसाइकल रोकेर जाँज गर्दा गाँजा फेला परेपछि पक्राउ गरेको जनाएको छ। उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनसम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गर्ने भएको छ।   ...
सात नक्कली परीक्षार्थी पक्राउ

सात नक्कली परीक्षार्थी पक्राउ

शिक्षा, समाचार
काठमाण्डौं, पुष १९ सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परीक्षामा सात जना नक्कली परीक्षार्थी फेला परेका छन् । अरुको सट्टामा परीक्षा दिइरहेका र दिन लागाउने दुवैलाई पक्राउ गरेको जिल्ला पूहरी कार्यालय सुर्खेतले जनाएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका १ का ईराज तामाङ, सन्तोष कोली र दैलेखको भगवतीमाई गाउँपालिका ६ का गणेश बहादुर रोकाय पक्राउ परेका हुन् । त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० की कमला शर्मा र जाजरकोट जुनिचाँदे गाउँपालिका १ की कविता कार्की पक्राउ परेका छन् । यसैगरि अन्य दुई जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।  ...