काठमाडौ,पुस २१
भारतमा सवारी दुर्घटनामा परि कञ्चनपुरका एक युवको मृत्यु भएको छ।
दिल्लीमा एक कम्पनीमा कार्यरत बेलडाँडी गाँउपालिका–४ वैवाहका ३२ वर्षीय बीरबहादुर डगौरा(चौधरी)को मुत्यु भएको हो।
आफन्तका अनुसार चौधरीलाई कम्पनीले देहरादुन पठाएको थियो।
काठमाण्डौ, पुष २१
नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको प्रतिनिधि भएको टिप्पणी गरेका छन् ।
उनले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच भएको पनि बताए ।
मंगलबार नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीसँगको छलफलमा उनले भने, ‘यो लडाइँ अग्रगमन र प्रतिगमन बीको हो ।उनले ओलिीले जनयुद्धका मुद्दाका कुरा उठाउन थालेको भन्दै उनले यस्तो भए पुरानै अवस्थामा फर्कनु पर्ने पनि बताए ।
जनयुद्धका सबै मुद्दा सत्यनिरुपरन तथा मेलमिलाप आयोगले हेर्ने निर्णय भएको पनि उनले स्मरण गराए । भट्टराईले अहिलेको उपलब्धी जनयुद्ध र जनआन्दोलनकै कारणले भएको पनि उनले बताए।...
काठमाण्डौँ, पुष २०
रसुवामा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदुरकाे ज्यान गएको छ । ज्यान गुमाउनेमा नौकुण्ड गाउँपालिका १ यार्साका ४५ वर्षीय धनबहादुर तामाङ रहेका छन् ।
मङ्गलबार बिहान पाैने १० बजे धुन्चे–खाेदल सडक खण्डकाे केबुमा एक्स्काभेटरले सडक खन्ने क्रममा सडककाे तल नाली निर्माण गरिरहेका तामाङकाे ढुङ्गाले लागेर ज्यान गएकाे प्रहरीले जनाएकाे छ । एक्स्काभेटरले नाली निर्माण गर्ने ठाउँभन्दा झण्डै ५० मिटरमाथि काम गरिरहेको थियो ।
प्रहरीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ९ का २७ वर्षीय चालक रविन तामाङलाई एक्स्काभेटरसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
काठमाण्डौं पुष २१
राष्ट्रपतिबाट वैशाखमा हुने दुई चरण निर्वाचनको घोषण गरीयता पनी प्रहरी समायोजनको टुङ्गो भने लाग्न सकेको छैन। संघीय संरचनाअनुसार प्रहरीको समायोजन प्रक्रिया सुरु गरिएको थियो । यस्तोमा निर्वाचन घोषणा हुँदा तत्कालका लागि समायोजन प्रक्रिया रोकिन्छ । प्रहरीका अनुशार निर्वाचनमा प्रहरी संघीय संरचनाअनुसार जान तत्काल सम्भव न हुने र पुरानै निर्वाचन सुरक्षाका आधारमा अगाडि बढ्दा समायोजन प्रभावित हुन्छ।
सहसचिव नेतृत्वको टोलीले सफ्टवेयर बनाउने र स्रोत–साधनको व्यवस्थापनलगातय विषयमा काम अगाडि बढाएको थियो । सबै प्रक्रिया पूरा भइसकेपछि फागुनबाट समायोजनका लागि दर्खास्त आह्वानको तयारी गरिएको थियो । यस्तोमा अब दर्खास्त आह्वान कहिले गर्ने भन्नेबारे संसद् विघटनबारे अदालतको फैसलापछि उत्पन्न राजनीतिक अवस्था हेरेर तय हुनेछ ।
यसअघि नै प्रदेश र केन्द्रमा समायोजन हुने प्रहरीको दरबन्दी टुंगो भ...
काठमाण्डौं, पुष २१
प्रनिधिसभा विघटन विरुद्धका आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन नेपाल दरुण दलले आवद्ध सम्पूर्ण जिल्ला समिति र सो अन्तर्गतका तहलाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेसको युवा संगठन तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले जारी गरेकाे परिपत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनअसंवैधानिक र अलोकतान्त्रिक कदम रहेको र त्यसविरुद्धका आन्दोलनमा सक्रिय सहभागी हुन तथा गराउन आग्रह गरिएको छ।
प्रतिनिधिसभा विघटनसहित व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेसले गर्ने विरोध कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउनका लागि तरुण दलका जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न–गराउन तरुण दल केन्द्रीय समितिले निर्देशन द...
काठमाडौं, पुस २१ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सप्तरीको वीरेन्द्रबजारमा मंगलबार बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए ।
ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाललाई नम्बर नखुलेको ट्रकले वीरेन्द्रबजारमा उनलाई ठक्कर दिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।...
काठमाण्डौ , पुस २१ । साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
कुबेतका विदेशमन्त्री अहमद नासेर अल सबाबले साउदी अरेबियाले कतारसँगको हवाई, जमिन तथा समुद्री सीमानाका खुलाउने सहमति बनेको जानकारी दिए । एक टेलिभिजनमा कुराकानीका क्रममा उनले कतारमाथि लागेको प्रतिबन्ध हटाउन साउदी अरेबिया तयार भएको बताएका हुन् ।
कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै साउदी अरेबियासहित चार देशले कतारसँगको सम्बन्धविच्छेद गरेकोमा साउदी अरेबियाले सबै सीमानाका खुलाएको कुबेतका विदेशमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गल्फ कोअपरेशन काउन्सिल ९जीसीसी०को सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरेबियाले यो निर्णय गरेको र यसलाई अर्थपूर्णरुपमा लिएको गल्फ न्यूजले जनाएको छ ।
सन् २०१७ जुनदेखि साउदी अरेबियासहित, यूएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात सम्पर्कबिच्छ...
काठमाडौं, पुस २१ । नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्ना गर्न दरखास्त मागेको छ।सेनाले मंगलबार सूचना जारी गरी पुजारीदेखि कुचिकारसम्मका लागि आवेदन आह्वान गरेको हो।
तसर्थ साधारण लेखपढ भएकालाई समेत सेनामा जागिरको अवसर आएको छ।मंगलबार एक सूचनामार्फत सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना माग गरेको हो ।
सबै पदमा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जनाएको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिन सक्नेछन् भने त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने सेनाले जनाएको छ ।
हेर्नुहोस्, सूचना
...
काठमाडौं, पुस २१ । नयाँ स्वरुपको कोरोना भाइरस तीव्र रुपमा फैलिन नरोकिएपछि बेलायत सरकारले फेरि देशव्यापी लकडाउन घोषणा गरेको छ ।
सोमबार बेलुका टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा लकडाउन घोषणा गरेका हुन् । बेलायतमा देशव्यापी लकडाउन गरिएको यो तेस्रोपटक हो ।
पहिलो चरणमा गत वर्षको मार्च २३ बाट सुरु लकडाउन ३ महिनाभन्दा लामो समय कायम राखिएको थियो । दोस्रो चरणमा नोभेम्बर ५ देखि ४ हप्ते लकडाउन गरिएको थियो। डिसेम्बर २ मा दोस्रो लकडाउन खुलाइएसँगै संक्रमणको आधारमा क्षेत्रगत प्रतिबन्धहरु लगाइएको थियो ।
नयाँ लकडाउन घोषणाका क्रममा प्रधानमन्त्री जोन्सनले अत्यावश्यक क्षेत्रमा कार्यरत ‘कि वर्कर’ र निर्माण क्षेत्रमा कार्यरत कामदारबाहेक अरु सबैलाई घरबाटै काम गर्न आह्वान गरेका छन् ।
खाद्यान्न र औषधि किन्न, दिनमा एकपटक शारीरिक व्यायाम गर्न, जोखिममा रहेका मानिसको...
काठमाडौं , पुस २१ । शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ । अहिले शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोलेले जिल्लान्तर सरूवा रोकिएको मन्त्रालयले जनाएको छ ।
विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राख्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज एक सूचना जारी गर्दै शिक्षक दरबन्दी मिलान कार्यका लागि भन्दै शिक्षक सरुवा रोकेको हो ।
सूचना पत्रमा भनिएको छ– ‘शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिका लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि शिक्...