Saturday, April 25
Shadow

Month: January 2021

दैलेखमा बालिका बलात्कार

दैलेखमा बालिका बलात्कार

अपराध, समाचार, समाज
काठमाण्डौं, पुष २२ दैलेखमा बालिका बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । नारायण नगरपालिका–८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ परेका हुन् । घरमा कोही नभएको अवस्थामा पारी बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा प्रहरीले बिक लाई पक्राउ गरेको थियो । घटना बारे स्थानिय एक ब्यक्ती ले धटनाबारे प्रहरीलाइ जानकारी गरे लगत्तै प्रहरी को टोलिले दोषि लाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका पुरुषलाई अनुशन्दान को लागी हिरासत मा राखेर अनुशन्दान जारी छ ।...
कैलालीमा ४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

कैलालीमा ४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, पुष २२ कैलालीको धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ९ की ४ वर्षीया बालिकामाथि सोमवार बलात्कार भएको प्रहरीले जनाएको छ । बालिकामाथि उनकै छिमेकी भारतको उत्तरप्रदेशका १९ वर्षीय रविकुमार कोरीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । प्रहरी नायब उपरीक्षक बिष्टले जाहेरी दर्ता भएको र सोही जाहेरीका आधारमा कोरीलाई पक्राउ गरि घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । कोरीले मामाघरमा आएका बेला बलात्कार गरेको र अदालतबाट म्याद थप गरि कोरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
खैरो हेरोइनसहित दुई जना पक्राउ

खैरो हेरोइनसहित दुई जना पक्राउ

अपराध, समाचार
कठमाण्डौं, पुष २२ प्रहरीले मंङगलबार धरान १३ बस्ने २४ वर्षीय सचिन प्रधान र मोरङको केराबारी गाउपालिका ५ मा बस्ने २४ वर्षीय सन्दीप राईलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । शंकास्पद अवस्थामा प्रधानलाई खानतलास गर्दाेपाइन्टको गोजीभित्र लुकाएको अवस्थामा १ ग्राम खैरो हेरोइन फेला परेको थियो । प्रहरीकोे सेधपुछ को क्रममा केराबारी बस्ने सन्दीपबाट खरिद गरेको बयान दिएका थिए । प्रहरीले तत्कालै सन्दीपको खोजी गर्दा धरान वडा नम्बर–६, पानबारी बाट खैरो हेरोइन खरिद गर्ने ग्राहक लाई पर्खेर बसेको अबस्थार्मा सन्दीप लाई खानतलासी गर्दा ७ सय मिलिग्राम खैरो हेरोइन फेला परेको डियसपि बस्नेतले बताए । पक्राउ परेका दुवैलाई लागूऔषध मुद्दामासुनसरी जिल्ला अदालत ले अनुशन्दान गरीरहेको छ ।...
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २२ सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बुधबार (आज) सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेसी ताेकिएको छ । यसअघि यस इजसालले यही पुस १० गतेको सुनुवाइपछि अदालतले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न विपक्षी राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायलाई आदेश दिएको थियो । प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिस्टारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश पनि जारी भएको थियो । अदालतको आदेशअनुसार पुस १९ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत सबैको लिखित जवाफ अदालतमा पेस भइसकेको छ ।...
बाईपासमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ती पक्राउ

बाईपासमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ती पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, पुष २२ धारिलो हतियार प्रहार गरी हत्या गर्ने पक्राउ परेका छन् । भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा भारत मोतीहारी घर भएका २५ वर्षीय सुबोध शर्मालाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६ बाईपास ओरालोस्थित तरुण मा वि नजिक सडक खण्डमा सुबोधले मंगलवार राति छुरा प्रहार गर्दा गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । छुरा प्रहार गरी फरार रहेका सुबोधलाई काठमाडौं फर्पिङस्थित चेकपोष्टमा ना १ ज ७५६२ नम्बरको सुमो गाडीमा प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।...
तिमी लड्नैको निम्ति जन्मिएका हौँ

तिमी लड्नैको निम्ति जन्मिएका हौँ

विचार, समाज, सम्पादकीय
पामेल उपाध्यय/काठमाण्डौँ, पुष २२ तिमी लड जति सक्छौं त्यती लड। लम्किदै लड, घिस्रिदै लड। जोसिदै लड, मुठ्ठी उझाई लड। शीर झुकाएर होस् वा उठाएर होस्, पिठ्युँ फर्काएर होस् वा छाती फुलाएर होस् लड्न नछोड। तिमी लड्न लाई जन्मिएका हौँ त्यसै ले पाखुरा सुर्किएर लड, तिघ्रा ठटाएर लड। मस्त जवानी को झोक झै राग उकाल्ने गरि लड। मान्छे भएर जन्मिनुमा एउटा सार्थकता हुञ्छ, त्यसलाई लडाईमा बदल। जीवन नै लडाई हो भन्ने सम्झि कर्म लाई थाती राख्दै लड। हस्तिनापुर को बाँस होस् वा चपरी मुनि को बाँस लडाई निरन्तर जारी राख्दै अनन्तकाल सम्म भक्त भएर लड। लडाई लाई नै भाग्य विद्याता सम्झी इमान्दार मेहनत र परिश्रम भएर होईन भक्त हनुमान भएर लड। कम्युनिष्ट आन्दोलन भित्र बैचारिक वहसको युग समाप्त भएर स्खलित युग को सुरुवात भएको घोषणा गर्दै लड। तिमी छौँ र त यहाँ सबै कुरा सम्भव छ। तिम्रा केही उच्च नेताहरु ले बोलेको तुच्छ वाक्य लाई ...
काठमाडौंको बालाजुमा कपडा काट्ने कैंचीले घोपेर युवकको हत्या

काठमाडौंको बालाजुमा कपडा काट्ने कैंचीले घोपेर युवकको हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २२। काठमाडौंको बालाजुस्थित बाइपासमा कपडा काट्ने कैंचीले घोपेर एक जनाको हत्या गरिएको छ । काठमाडौंको बालाजु बाइपासमा स्थानीय टेलर व्यवसायी बिच भएको झगडामा म‌ंगलबार राति एकजनाको ज्यान गएको हो । मंगलबार राति स्थानीय दुई टेलर व्यवसायीबिच विवाद हुँदा लिएको उग्र रुपले अन्दाजी २३ वर्षीय कलाम मियाँको ज्यान गएको हो । अर्का टेलर व्यवसायी अन्दाजी २३ वर्षीय सुबोध शर्माले कपडा काट्ने कैंचीले मियाँको कोखामा प्रहार गरेका थिए । गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल लगिएमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।...
दक्षिण कोरियाले बनायो बिमानभन्दा छिटो कुद्ने रेल

दक्षिण कोरियाले बनायो बिमानभन्दा छिटो कुद्ने रेल

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस २२ । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो । नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले बताएको छ । दक्षिण कोरियाले विकास गरेको उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको समेत दाबी गर...
सन्दीप लामिछाने परे पाकिस्तान सुपर लिगको ड्राफ्टमा

सन्दीप लामिछाने परे पाकिस्तान सुपर लिगको ड्राफ्टमा

खेलकुद
  काठमाडौँ , पुस २२। नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा परेका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (रु एक करोड ७२ लाख) देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर (रु दुई करोड ५५ लाख) तोकिएको छ । पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी परेका छन् । एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जि...
कक्षा ११ :  सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
इलाम–, पुस २२ । पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन । पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन । भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्...