कोरोना संक्रमणबाट विश्वभर ६०२ पत्रकारको मृत्यु, नेपालमा कति ?
काठमाडौ, पुस २२ । कोरोना संक्रमणबाट विश्वभर ६०२ पत्रकारको मृत्यु भएको छ । प्रेस एम्ब्लेम क्याम्पेन (पिइसी) ले विश्वभरि कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । उसले सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको उल्लेख गरेको हो ।
पिइसीले स्विट्जरल्यान्डको जेनेभाबाट प्रकाशित गरेको प्रतिवेदनमा मृतकमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिकी मुलुकका परेको जनाएको छ ।त्यसैगरी एसियाका १४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ जना र अफ्रिकाका २८ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु समाचार संकलन तथा प्रसारणका लागि अग्रपङ्क्तिमा रहनुपर्ने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिन आग्रह समेत गरेको छ ।
पीईसीका महासचिव ब्लैस लेम्पेनद्वारा जारी वक्तव्यमा फोटो तथ...









