Sunday, April 26
Shadow

Month: January 2021

चोरीको मोटरसाइकलसहित धादिङका दुई युवक पक्राउ

चोरीको मोटरसाइकलसहित धादिङका दुई युवक पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, पुष २३ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने दुईजनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट राजन मगर र राजन तामाङले सवार गरिरहेको मोटरसाईकलसहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए । धादिङको निलकण्ठ नगरपालिका-९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ का राजन मगर र थाक्रे गाउँपालिका वडा नं. १ देवीस्थान बस्ने वर्ष २१ को राजन तामाङले सवार गरेको बा ९२ प ७६३० नम्वर कालो रातो रङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-०१२ प ९८३५ खुल्न आएको छ । उक्त नम्बरको मोटरसाईकल गत वर्ष पुस २६ गते गते अन्दाजी १९:३० बजेको समयमा काठमाडौंको सोह्रखुट्टेस्थित...
अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु

अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु

अन्तर्राष्ट्रिय, दुर्घटना, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ वासिङटन डिसी प्रहरीका अनुसार क्यापिटल भवनमा जबर्जस्ती प्रवेश गर्दैगर्दा प्रहरीसँग भएको झडपमा चारजना मारिएका छन् । यसअघि एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो भने बाँकी तीनजना मेडिकल इमरजेन्सीको परिणामस्वरुप मृत घोषित भएको बताइएको छ । अहिलेसम्म यसमा ५२ जना पक्राउ परेका छन् । जसमा ४७ ले कर्फ्यु उल्लंघन गरेका थिए । यसअघि मृत्यु भएकी महिला सेन डिएगोकी बासिन्दा असिल बबित भएको बताइएको छ । उनी अमेरिकी एयर फोर्सकी भेटेरान थिइन् र प्रदर्शनकारीहरुसँगै संसद् भवनभित्र जबर्जस्ती घुस्न खोज्दा प्रहरीको गाली लागी उनको मृत्यु भएको बताइएको छ । सञ्चारमाध्यम फक्सफाइभले उनकी सासूसँग गरेको कुराकानीको आधारमा उनी डोनाल्ड ट्रम्पको ठूलो समर्थक भएको खुलेको छ । उनलाई अमेरिकी समयानुसार दिउँसो ३ बजे गोली लागेको र तत्कालै अस्पताल लगिएको तर पछि मृत घोषित गरिएको बताइएको छ । बीबीसी...
श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

मुख्य समाचार, समाचार, समाज
पाँचथर, पुस २३ । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपश्चात् फरार रहेका उनी बुधबार गाउँकै जङ्गलमा झुण्डिएर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पात्ले ९कटुस०को रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गत पुस ९ गते...
फेसबुक र ट्विटरले गरे ट्रम्पको एकाउण्ट १२ घण्टाका लागि बन्द

फेसबुक र ट्विटरले गरे ट्रम्पको एकाउण्ट १२ घण्टाका लागि बन्द

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्विटर एकाउण्ट बन्द गरिएको छ । फेसबुकले २४ घण्टाका लागि र ट्विटरले १२ घण्टाका लागि ट्रम्पको एकाउण्ट बन्द गरेको हो । दुवै कम्पनीले आफ्नो कम्पनीको निती विपरित भएको भन्दै ट्रम्पको एकाउण्ट बन्द गरिएको जनाएका छन् । फेसबुकले लेखेको छ, ‘राष्ट्रपति ट्रम्पले फेसबुकको दुई नितिको उल्लघंन गरेका छन् जसका कारण उनको एकाउण्ट २४ घण्टाका लागि बन्द गरिएको छ यानेकि उनले कुनै पोष्ट गर्न पाउने छैनन् । ट्विटरले पनि वासिङ्गटन डिसीमा देखिएको हिंसात्मक गतिविधिलाई हेर्दा ट्रम्पका तीनवटा ट्विटस हटाउनु पर्ने देखिएको बताएको छ । ट्विटरले लेखेको छ, ‘ती ट्विटसले हाम्रो संस्थाको ‘सिविक इंटेग्रिटी पेलिसी’ उल्लघंन गर्छ ।’ ट्विटरले तीन ट्विटस नहटाए ट्रम्पको एकाउण्ट सधैका लागि लक हुने समेत चेतावनी दिएको छ । ट्रम्पका समर्थकले अमेरिकी संसदमै हतिय...
ओली समुहद्धारा भीम रावलसहित तीन नेतालाई कारवाही गर्दै पदबाट हटाउन सिफारिस

ओली समुहद्धारा भीम रावलसहित तीन नेतालाई कारवाही गर्दै पदबाट हटाउन सिफारिस

ब्यानर समाचार, राजनिती
काठमाडौ, पुस २३ । नेकपा प्रचण्ड–माधव समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई ओली समूहले कारवाही गर्दै पदबाट हटाउन सिफारिस गरेको छ । बुधबार धनगढीमा बसेको नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकले खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप लगाउँदै इन्चार्ज भीम रावल, प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गरेको नेकपा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले बताए । बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ । प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन कार्यक्रमलाई शानदार रूपमा सफल पार्न...
भैरहवा भन्दा पहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने

भैरहवा भन्दा पहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २३ । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामहरूको प्रगतिको आधार हेर्दा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पहिले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने देखिएको छ । विमानस्थल आयोजनाका अनुसार विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यस्तै करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिएको तर त्यो भुक्तानी गर्दा स्वतः वित्तीय प्रगति पनि माथि पुग्ने विमानस्थल आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार हाल २ हजार ५ सय मिटरको धावनमार्ग, एटीसी टावर, सात ओटा भवन, एउटा ह्याङगरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधार...
अमेरिकी संसद भवनमा ट्रम्प समर्थकको हिंसा, एक जनाको मृत्यु, वाशिंटन डिसीमा कर्फ्यु

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकको हिंसा, एक जनाको मृत्यु, वाशिंटन डिसीमा कर्फ्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , पुस २३ । अमेरिकाको वाशिंगटन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा गरेपछि कर्फ्यु लगाइएको छ । अमेरिकाको वाशिंटन डिसीमा स्थित संसद भवन रहेको क्यापिटल हिल्समा ट्रम्प समर्थक पुगेर हिँसा गरेपछि कर्फ्यु लगाइएको हो । संसदको काँग्रेस र सिनेटमा निर्वाचन प्रमाणित हुने प्रकिया चलिरहेका बेला ट्रम्पक समर्थक सभा हल भित्र पसेका थिए । ससंद भवनभित्र पसेका सयौं प्रदर्शनकारी सभामुखको च्याम्बरदेखि संसद हल लगायतका ठाउमा प्रवेश गरेर तोडफोड गर्न शुरु गरेपछि अस्तव्यस्त भएको थियो । प्रदर्शनकारीहरु संसद भवनभित्र पसेपछि सांसदहरुलाई उद्दार गरेर भवन बाहिर निकालिएको थियो । प्रदर्शनकारीले तोडफोड गर्न थालेपछि संसद भवनमै असुर्ग्यास प्रहार गरिएको थियो ।अवस्था नियन्त्रण बाहिर गएपछि क्यापिटल हिल क्षेत्रमा नेशनल गार्ड परिचालन गरिएको छ । यसैक्रममा सुरक्षाकर्मिले चलाएको गोलि लागेर एक महिलाको मृ...
स्पेनिस ला लिगा : मेस्सीको दुई गोलमा बार्सिलोनाको जित

स्पेनिस ला लिगा : मेस्सीको दुई गोलमा बार्सिलोनाको जित

खेलकुद
  काठमाडौं, पुस २३ । कप्तान लियोनेल मेस्सीको दुई तथा पेड्रीको एक गोल मद्दतमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओमाथि रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै इनाकी विलियम्सले गोल गर्दै विल्वाओलाई अग्रता दिलाए । १४औं मिनेटमा पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ३८औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २-१ को अग्रता बनायो । ६२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ३(१ को अग्रता बनायो । ९०औं मिनेटमा इकर मुनिएनले विल्वाओका लागि दोस्रो गोल गरे तर हार टार्न पर्याप्त भएन । यो जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ७ तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको...
सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल पक्षको प्रस्ताव

सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल पक्षको प्रस्ताव

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न यस्तो प्रस्ताव गरेका हुन् । काठमाडौंको बानेश्वरमा बुधबार आयोजित अन्तरपार्टी अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीमा सत्ता उन्माद चढेको र यसै कारण उनले गरेको संवैधानिक ‘कु’ को विरोधमा सबै राजनीतिक दलले मिलेर आन्दोलन गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओलीले सिंगो व्यवस्थाविरूद्ध कदम चालेको आरोप लगाउँदै भने, ‘केपी ओलीमा सत्ता उन्माद छ, त्यसैले उनले सिंगो व्यवस्थाविरुद्ध, संघीयताविरुद्ध, गणतन्त्र र समावेशी समानुपा...
भारतमा बर्डफ्लू, दक्षिणी नाकामा कडाइ

भारतमा बर्डफ्लू, दक्षिणी नाकामा कडाइ

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २३ । करीब एक सातादेखि भारतमा देखिएको बर्डफ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ । नेपालमा बर्डफ्लू फैलिन नदिनका लागि नाकामा कडाइ गर्ने तयारी भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भारतसँग सीमाना जोडिएका तराईका जिल्लाहरूमा सुरक्षा सर्तकता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरिसकेको मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले जानकारी दिए । उनका अनुसार मन्त्रालयले जिल्ला तथा स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने थप जनशक्ति तथा मेशिनरी सामग्रीहरू चाहिएमा पनि जानकारी गराउन निर्देशन दिइसकेको छ । नेपालमा बर्डफ्लूको संक्रमण आउन नदिन तथा आइहालेमा रोकथामका प्रक्रिया अघि बढाउने बारेमा योजना बनाउन पशुसेवा विभागले समेत...