Saturday, April 25
Shadow

Month: January 2021

दिगो विकास तथा सुशासन समितिमा वामदेव गौतम मनोनीत

दिगो विकास तथा सुशासन समितिमा वामदेव गौतम मनोनीत

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , पुस २३ । राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उनलाई सो समितिमा मनोनयन गरिएको हो । बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६र०७७ पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ ।...
‘प्रधानमन्त्रीको इच्छामा प्रतिनिधिसभा भङ्ग हुन सक्दैन’

‘प्रधानमन्त्रीको इच्छामा प्रतिनिधिसभा भङ्ग हुन सक्दैन’

समाचार, समाज
  काठमाडौँ , पुस २३ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरेका छन् । आजको विशेष समयमा सांसद रामनारायण बिडारीले संविधानसभाले लामो समय लगाएर बनाएको संविधानको धारा ७६ र १०० लाई देश र विदेशका विज्ञसमेतको परामर्शमा प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन सक्दैन भनेर आफूले जानेसम्मको भाषा लेखिएको विचार राखे । उनले नेपालको संविधान २०४७ हेरेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने प्रश्न गर्दै नेपालको संविधानले प्रतिनिधिसभाको निरन्तरताको सिद्धान्त अँगालेको बताए । उनले विश्वको संसदीय प्रणालीलाई नियालेर हेर्न अनुरोध गर्दै क्यानडामा विशेषाधिकारले मात्रै विघटन गर्न सकिने भनेर लेखिए पनि एक सय वर्ष हुँदा पनि विघटन नभएको, फ्रान्समा सभामुखको परामर्शमा तथा पोर्चुगल र नेदरल्याण्ड्समा संसदीय दलको नेताका परामर्शले मात्रै विघटन हु...
राष्ट्रपति समक्ष सरकारको ‘वार्षिक प्रतिवेदन २०७६/७७’ पेश

राष्ट्रपति समक्ष सरकारको ‘वार्षिक प्रतिवेदन २०७६/७७’ पेश

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ पुस २३ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा ४१ बमोजिम उनले सो प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनका सम्बन्धमा गरेका काम तथा प्राप्त उपलब्धि सम्बन्धी धारा ५३ बमोजिमको वार्षिक प्रतिवेदन एवं नेपाल सरकारले गरेका प्रमुख कार्यको विवरण प्रतिवेदन समावेश गरिएको छ । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय सम्मान, सुशासन र समृद्धिलाई सर्वोपरि प्राथमिकतामा राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा यस वर्ष विभिन्न महत्वपूर्ण काम भएको प्रतिवेदनमा जनाइएक...
काठमाडौंमा घर बनाउँदै हुनुहुन्छ ? अब दुई वटा रूख अनिवार्य रोप्नुपर्ने !

काठमाडौंमा घर बनाउँदै हुनुहुन्छ ? अब दुई वटा रूख अनिवार्य रोप्नुपर्ने !

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाज
काठमाण्डौँ, पुष २३ काठमाडौं कंक्रिटको जंगल काठमाडौंमा माहानगरपालिकाले बल्ल घर बनाउँदा रुख रोप्नु पर्ने विषयलाई तदारुकता देखाएको छ । तीन दिन अघि काठमाडौ प्रदुषणले आपकालको तह पार गरेपछि माहानगरपालिका तातेको हो । घरैघरको जंगल काठमाडौं हरियाली कमै देखिन्छ । रुख विरुवा रोप्ने कामपाको योजना यत्तिकै थन्किएको छ । स्थानिय रुखहरु करिब करिब लोप भइसकेको स्थिति छ । सडकका छेउछाउ सबै आयातित विरुवाहरुले ढाके । त्यो पनि संरक्षण नपाउँदा लाखौरुपैया खर्च खेर गएको छ । महानगरलाई हरियाली बनाउन घर निर्माण गर्दा कम्तिमा दुईवटा विरुवा लगाउनै पर्ने नियम अघि सारेको काठामाडौं माहानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । उनका अनुसार वातावरण प्रदुषण कम गर्न सघाउ पुग्ने छ । काठमाडौं महानगरपालिकाले बोट विरुवा प्रवर्द्धनको लागि नीति नै नबनाएको हैन । तर, नीति कार्यान्वयन गर्न काठमाडौं महानगरपालिका जिम्मेवारी भ...
अब एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा २० रूपैयाँ शुल्क लाग्ने

अब एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा २० रूपैयाँ शुल्क लाग्ने

आर्थिक, टिप्स, समाचार
काठमाण्डौँ, पुष २३ माघ १ देखि एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै यसबारे जानकारी दिएकाे हाे । निर्देशिका अनुसार एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा बैंकहरुले महिनामा २ वटा कारोबारसम्म निःशुल्क दिनुपर्ने छ भने त्यसपछि प्रतिकारोबार २० रुपैयाँ शुल्क लाग्नेछ । यस विषयमा बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई पूर्वजानकारी गराउनु पर्नेछ । अर्काेतर्फ बैंकहरुले आफ्ना ग्राहकलाई इन्टरनेट मोबाइल, एसएमएस बैंकिङको शुल्क पूर्वजानकारी गराएर मात्रै लिन पाउने छन् ।...
अर्थका सहसचिव शर्मा बने वाणिज्य बैंकका अध्यक्ष

अर्थका सहसचिव शर्मा बने वाणिज्य बैंकका अध्यक्ष

आर्थिक, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष २३ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा चयन भएका छन्। वाणिज्य बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष चयन गरेको हो। शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्। शर्मालाई अधिकारीले बिहीबार सपथ गराएका हुन्। शर्मा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा वाणिज्य बैंक सञ्चालक समितिका सदस्य रहेका थिए। तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी प्राडा उपेन्द्र कोइरालालाई वाणिज्य बैंक सञ्चालक समितिको सदस्य नियुक्त गरेका थिए। उनलाई अध्यक्ष बनाउने गरी सदस्य बनाइएको भएपनि चर्को आलोचना भएपछि रोकिएको थियो।...
पछिल्लो २४ घण्टामा ४१२ संक्रमित थपिए, ५१३२ जनाको पिसिआर परीक्षण

पछिल्लो २४ घण्टामा ४१२ संक्रमित थपिए, ५१३२ जनाको पिसिआर परीक्षण

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष २३ पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार १ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ४ सय १२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ। बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ४ सय ८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ।...
भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष २३ दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २ः५० मा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । जिल्ल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नदीमा डुबेको बसबाट एक जनाको शव निकालिएको छ । अर्का एक जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीका अनुसार प्रहरीको टोली दुर्घटनास्थलमा पुगिसकेको छ । उनका अनुसार बसमा कतिजना सवार थिए र बसको नम्बर कति हो भन्ने खुल्न सकेको छैन ।...
प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न भयो : वामदेव

प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न भयो : वामदेव

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचक भएको बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकलाई पहिलोपटक सम्बोधन गर्दै सांसद गौतमले प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न गराएको बताए। ‘प्रधानमन्त्रीको म कटु आलोचक हो, उहाँको कार्यशैली गर्दा हाम्रो पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराएको छ’, उनले भने। उनले ओली आफ्नो ४३ वर्षदेखिको मित्र र सहयोद्धा भएको बताउँदै आफूले धेरै पटक शैली सुधार गर्न सुझाब दिएको बताए। ‘प्रधानमन्त्री ओलीलाई शैली सुधार गर्न मैले धेरै पटक सुझाब दिएको छु। उहाँ दुई पटक प्रधानमन्त्री हुनुभो, दुवैपटक मैले धेरै सुझाब दिए। कति ग्रहण गर्नु भो, कति भएन’, उनले भने।...
प्रधानमन्त्री ओलीको संसद विघटनको कदमविरुद्ध नेविसंघले ‘उल्टो जुलुस’ निकाल्ने

प्रधानमन्त्री ओलीको संसद विघटनको कदमविरुद्ध नेविसंघले ‘उल्टो जुलुस’ निकाल्ने

मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध आन्दोलन गर्नेक्रममा उल्टो हिडेर बिरोध प्रदर्शन गर्ने भएको छ। भोली शुक्रबार दिउँसो १ः०० बजे माइतीघर मण्डलाबाट उल्टो हिडेर बिरोध प्रदर्शन गर्ने भएको हो। संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक भएकाले आफूहरुले चरणवद्ध आन्दोलन गरिरहेको जानकारी दिए । उनले भने,‘प्रधानमन्त्री ओलीको कदम सच्चाउन आवश्यक छ। कदम नसच्चिएसम्म हामी आन्दोलनबाट दबाब दिइरहन्छौँ।’...