Thursday, May 21
Shadow

Month: December 2020

वाग्मती प्रदेश सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कती जना मन्त्रीको राजीनामा

वाग्मती प्रदेश सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कती जना मन्त्रीको राजीनामा

ब्यानर समाचार 2, राजनिती
  काठमाण्डौँ, पुष १० सत्तारुढ नेकपाको केन्द्रको विवाद वाग्मती प्रदेशमा पुगेको छ । प्रचण्ड-नेपाल समूहले वाग्मती प्रदेश सरकारकाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलकाविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावमा प्रदेशका तीन जना मन्त्रीसहित ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका छन् । राजीनामा दिएका मन्त्रीसहित ४६ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।...
भारततर्फ लैजाँदै गरेका दुई युवतीको कैलालीबाट उद्धार

भारततर्फ लैजाँदै गरेका दुई युवतीको कैलालीबाट उद्धार

समाज
काठमाण्डौँ, पुष १० भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले कैलालीबाट उद्धार गरेको छ । कञ्चनपुरको वेदकोट नगरपालिका(१ की १८ वर्ष र धादिङको थाक्रे गाउँपालिका(५ की २० वर्षकी युवतीको उद्धार गरी आवश्यक अनुसन्धानका लागि शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। युवतीलाई भारततर्फ लैजाने काममा संलग्न वेदकोट(१ हात्तिथलाका २० वर्षका लोकेन्द्र बोहरा र बझाङको मष्टा गाउँपालिका(३ ठकुरीथानाका २१ वर्ष सुनिल बोहरालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको उनले जानाकारी दिए।...
माइतीघर छाेडेर निवार्चन आयोग पुगे प्रचण्ड पक्ष

माइतीघर छाेडेर निवार्चन आयोग पुगे प्रचण्ड पक्ष

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १० केिह समय अगाडी माइतीघर मण्डलामा भेला भएका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारयणकाजी श्रेष्ठसहितका नेता, निर्वतमान सांसद तथा केन्द्रीय सदस्य दलबल सहित नेकपाको आधिकारिकता दाबी गर्दै निर्वाचन पुगेका छन्। प्रचण्ड–माधव नेतृत्वको नेकपाले संसद् विघटनविरुद्ध सडकदेखि न्यायलयसम्म संघर्ष गर्ने बताएको छ। सर्वोच्च अदालतमा विघटित प्रतिनिधिसभाका सांसदहरुसमेत उपस्थित हुने कार्यक्रम तय गरिएको छ। देशभर प्रदर्शन गर्नेसमेत कार्यक्रम तय गरिएको छ। नेकपा विभाजन भएपछि दुबै समूहले निर्वाचन आयोगमा आधिकरिता दावी गर्दै निवेदन दिइसकेका छन्। दुबै पक्षले आफु आधिकारिक भएको दावी गर्दै आएका छन।...
प्रधानमन्त्री ओली भारत भ्रमण जाने तयारी

प्रधानमन्त्री ओली भारत भ्रमण जाने तयारी

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १० प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जाने भएका छन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक भारतको भ्रमणमा जान लागेका हुन। उनको भ्रमण यही पुसको तेस्रो सातापछि हुनसक्ने प्रारम्भिक गृहकार्य भएको छ। विवादीद समयमा ओली भारत जानुलाई महत्वपुर्ण मानिएको छ। नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय बार्ता तय भइसकेको अवस्थामा प्रधानमन्त्री स्वयं भारत भ्रमणको तयारीमा लागेकाले परराष्ट्र मन्त्रीस्तरीय बार्ता भने अन्यौलमा परेको बताइएको छ।...
लामो समय देखी बन्द रहेका देशभरका सिनेमा हल आज बाट खुल्ने

लामो समय देखी बन्द रहेका देशभरका सिनेमा हल आज बाट खुल्ने

मनोरञ्जन
काठमाण्डौँ, पुष १० लामो समय देखी बन्द रहेका देशभरका सिनेमा हल आज शुक्रबारबाट खुल्ने भएका छन्। कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल आजदेखि खुल्ने भएका हुन् । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले आजदेखि खुलाउन लागेका हुन् । आफैं हल खोलेर सरकारको ध्यानाकर्षण गराउन लागेको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन तथा स्वास्थ्य मापदण्डअनुसार नै सिनेमा हल खुल्नेछन् ।...
प्रचण्ड, माधवकुमार, झलनाथसहितका नेताहरु हामि यहाँ छौँ भन्दै माइतीघर मण्डलामा

प्रचण्ड, माधवकुमार, झलनाथसहितका नेताहरु हामि यहाँ छौँ भन्दै माइतीघर मण्डलामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १० प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरु अहिले माइतीघर मण्डलामा उपस्थित भएर विरोध जनाइरहेका छन् । गत आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह आन्दोलनमा उत्रिएको हो । सो प्रकरणपछि नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयको विरोधमा उत्रिएका हुन् । अहिले उनी माइतीघर मण्डलामा भेला भएर विरोध जनाइरहेका छन् । छुट्टाछुट्टै दुवै समूहको बैठक बस्ने गरेका छन् । प्रचण्ड–नेपाल समूह सडकमा उत्रिएको हो । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्काे नाराबाजी गरिरहेका छन् । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ ब...
नारायणगढ-मुग्लिन सडकका पुल निर्माणले गति लियो

नारायणगढ-मुग्लिन सडकका पुल निर्माणले गति लियो

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । नारायणगढ- मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ । एउटा पुल अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलका लागि गएको चैतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्शनले ठेक्का स्वीकार गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर सविना रानाभाटका अनुसार ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् । प्याकेज–१ को कूल ठेक्क...
मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा ओली, मन्त्री बन्नेमा यी नेताको  नाम छ चर्चामा

मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा ओली, मन्त्री बन्नेमा यी नेताको नाम छ चर्चामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका छन् । बालुवाटार स्रोतले जानकारी दिएअनुसार प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना छ ।प्रतिनिधिसभा विघटन भएसँगै यही पुस ५ गते नेकपाको दाहाल नेपाल समूहका सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए । योसँगै रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीलाई जिम्मेवारी दिने प्रधानमन्त्री ओलीको तयारी छ । राजीनामा दिनेमा प्रचण्ड पक्षका पाँचजना र माधव नेपाल समूहका दुईजना थिए ।त्यही स्थानमा नयाँ मन्त्री पूर्ति गर्न लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । केन्द्रीय कमिटीको बैठक सकिएपछिको काम नै मन्त्रिपरिषद् पुनर्गठन हुने उनले बताएका थिए ।प्रधान...
‘क्रिसमस डे’का अवसरमा राष्ट्रपतिले दिइन् यस्तो शुभकामना

‘क्रिसमस डे’का अवसरमा राष्ट्रपतिले दिइन् यस्तो शुभकामना

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १० । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन् । यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वाबस राष्ट्रपतिले व्यक्त गरेकी छिन् । राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रबर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वातस पनि व्यक्त गरेकी छिन् । क्रिसमस, विश्वसभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २...
भक्तपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

भक्तपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं पुस १० । भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति सवा २ बजेतिर जगातीबाट सूर्यविनायक आइरहेको ना६ख ३९८२ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार वीरगन्ज महानगरपालिका १२ का ३० वर्षीय अजमदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर पल्टिएको ट्रकले च्यापेर उनको मृत्यु भएको हो ।...