Saturday, April 27
Shadow

वाग्मती प्रदेश सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कती जना मन्त्रीको राजीनामा


  • -इ
  • इ+

 

काठमाण्डौँ, पुष १०

सत्तारुढ नेकपाको केन्द्रको विवाद वाग्मती प्रदेशमा पुगेको छ ।

प्रचण्ड-नेपाल समूहले वाग्मती प्रदेश सरकारकाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलकाविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावमा प्रदेशका तीन जना मन्त्रीसहित ४६ जना सांसदले हस्ताक्षर गरेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका छन् । राजीनामा दिएका मन्त्रीसहित ४६ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares