Friday, March 29
Shadow

भारततर्फ लैजाँदै गरेका दुई युवतीको कैलालीबाट उद्धार


  • -इ
  • इ+

काठमाण्डौँ, पुष १०

भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले कैलालीबाट उद्धार गरेको छ ।

कञ्चनपुरको वेदकोट नगरपालिका(१ की १८ वर्ष र धादिङको थाक्रे गाउँपालिका(५ की २० वर्षकी युवतीको उद्धार गरी आवश्यक अनुसन्धानका लागि शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।

युवतीलाई भारततर्फ लैजाने काममा संलग्न वेदकोट(१ हात्तिथलाका २० वर्षका लोकेन्द्र बोहरा र बझाङको मष्टा गाउँपालिका(३ ठकुरीथानाका २१ वर्ष सुनिल बोहरालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको उनले जानाकारी दिए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares