Wednesday, May 27
Shadow

Month: December 2020

 सोमबार फेरी बढ्याे सुनकाे भाउ, हेर्नुस कती पुग्याे?

 सोमबार फेरी बढ्याे सुनकाे भाउ, हेर्नुस कती पुग्याे?

आर्थिक
काठमाण्डौँ, पुष १३ सोमबार  छापावालतोलामा ७०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि तोलामा ९४ हजार २०० रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९४ हजार ९०० रुपैयाँ पुगेको हो । सोही परिमाणको तेजावी सुनलाई भने आज प्रतितोला ९४ हजार ४०० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ समेत बढेको छ । हिजो आइतबार तोलामा एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार ३१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।...
सडकदेखी सदनसम्म छैन काेराेनाकाे त्रास: जनस्वास्थ्यविद् पाण्डे भन्छन, भयावह स्थिति कम भएकाे छैन

सडकदेखी सदनसम्म छैन काेराेनाकाे त्रास: जनस्वास्थ्यविद् पाण्डे भन्छन, भयावह स्थिति कम भएकाे छैन

ब्यानर समाचार 2, राजनिती, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, पुष १३ नेपालमा आन्दोल गर्नु,नारा जुलुसका साथ सडकमा उत्रनु नौलो बिषय होइन। करिब एकमहिना अगाडि देखि माइतिघर मण्डलमा न्यायको लागि धर्ना बसेका किसानले न्याय नपाउदै सिंहदरबार बाट निकालिएका उचस्तरिय दलका प्रमुख नेतासम्म माइतिघर मण्डलमा भिडभाडका साथ देखियो। केही समय अगाडि अगाडि प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरेसँगै सिंहदरबार देखि गाउँगाउँका नेता,कार्यकर्ता सलबलाउन थालेका छ्न। पार्टी बिभाजन पश्चात् राजनीति घटनाक्रमले बाटो फेरेको छ। देशैभर आन्दोलन चलिरहेको छ। राजसंस्थाको माग राख्दै सडकमा प्रदर्शन गर्ने समूह पनि रोकिएको छैन। अर्कोतिर कोरोना भाइरस (कोभिड१९)ले अन्य मुलुकमा जस्तै नेपालमा पनि आफ्नो क्षेत्र साघुरो बनाएको छैन। आइतबार मात्रै ४८१ जनामा पुष्टि भएको कोरोना भाइरसले सोही समयमा ६ जनाको ज्यान लग्यो। कोरोना भाइरसले अन्य देशमा देखाएको नयाँ रुप र मुलुकभर भइरहेको यस्ता गत...
अक्षय कुमार बने महङ्गाे: कती ताेके पारिश्रमिक ?

अक्षय कुमार बने महङ्गाे: कती ताेके पारिश्रमिक ?

मनोरञ्जन
काठमाण्डौँ, पुष १३ बलिउडका सर्वाधिक कमाउने अभिनेता हुन्– अक्षय कुमार । यी अभिनेताले आफ्नो पारिश्रमिक बढाएका छन् । एउटा चलचित्रबाट ९९ करोड लिदै आएका अक्षयले आफ्नो पारिश्रमिक बढाएर १३५ करोड पु¥याएका छन् । लकडाउन अवधिमै १०८ करोड पारिश्रमिक बनाएका उनले पछिल्लो पटक अनुबन्धित भएको चलचित्रबाट ११७ करोड लिएका थिए । सन २०२१ मा काम गर्नका लागि प्रस्ताव आएका चलचित्रका लागि भने अक्षयले १३५ करोड माग गरेका हुन् । अक्षयले आफ्ना साथी निर्माता साजिद नाडिवालालाई भने २० प्रतिशत छुट दिएका छन् । उनका सूर्यवंशी, अतरंग र पृथ्वीराज, राम सेतु, मिसन लायन र रक्षा बन्धनलगायतका चलचित्र प्रदर्शनको तयारी छन् । अक्षय कुमार काममा निरन्तर खट्ने कलाकार हुन् । उनी कामको बेलामा कुनै विश्राम नलिइ काम गर्ने गर्छन् । कारण वर्षमै उनका ५÷६ वटा चलचित्र प्रदर्शन हुने गरेका छन् । हरेक निर्माताले अक्षयलाई खोजेपछि उनले आफ्नो...
वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी

आर्थिक, टिप्स, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १३ वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक एक हजार एक सय ५२ जना कर्मचारी मागेको छ । प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । वाग्मती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ । आज माग गरिएका कर्मचारीहरु वाग्मती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि रहेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ ५ सय ३८ जना, ज्येष्ठतातर्फ ४ सय ७ जना, कार्यक्षमतातर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ । वाग्मती प्रदेश लोकसेवा आयोग गठन भएपछि कर्मचारी माग गरिएको यो दोस्रो पटक हो ।...
प्रचण्डसँग डेढ घण्टा भेटवार्ता गरेर निस्कियो चिनियाँ टोली

प्रचण्डसँग डेढ घण्टा भेटवार्ता गरेर निस्कियो चिनियाँ टोली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १३ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले करिब डेढ घण्टा भेटवार्ता गरेको छ। सोमबार बिहान ८ बजेर ५३ मिनेटमा प्रचण्ड निवास खुमलटार प्रवेश गरेको चिनियाँ टोली १० बजेर २० मिनेट जाँदा बाहिरिएको छ। करिब डेढ घण्टा लामो भेटवार्ताको सुरुमै अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो। सार्वजनिक कुनै जानकारी नदिइ राजनीतिक भेटघाट गरिरहेको टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र राती प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो। आज सोमबार नै चिनियाँ टोलीले नेकपाका अर्का अध्यक्ष माधवकुमा...
मर्मतका लागि एक साता केबुलकार बन्द हुने

मर्मतका लागि एक साता केबुलकार बन्द हुने

मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाडौँ , पुस १३ मनकामना केबुलकार सेवा  बन्द हुने भएको  छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको  हो । यही पुस १४ गतेदेखि एक सातासम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै ९ महिना बन्द रहेको केबुलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनको भनाई छ । The web is not It should also be guaranteed that your research paper does not include any spelling errors because these errors may be perceived by If you can't find a discount at a local paper business or wholesaler, you always have the option to visit online auction https://www.affordable-paper...
विश्वमा कोरोनाले १७ लाख  ५० हजारभन्दा बढीको मृत्यु

विश्वमा कोरोनाले १७ लाख ५० हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं, पुष १३ कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १७ लाख ५४ हजार ४९३ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।  विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ३९३ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ९२ लाख ३२ हजार ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ७७९ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।...
चिनियाँ टोलीले आज दाहाल–नेपाल समूहसँग भेट्दै, सक्ला त नेकपा मिलाउन ?

चिनियाँ टोलीले आज दाहाल–नेपाल समूहसँग भेट्दै, सक्ला त नेकपा मिलाउन ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस १३ । सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई फेरि जुटाउन चीन अग्रसर बनेको छ । नेकपा विभाजन भएको एक साता नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरिय टोली नेपाल आइपुगेको छ । यसैबीच नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले टोलीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको पुष्टि गरेका छन् । हिजो नेपाल आएलगत्तै भेटघाटमा सक्रिय रहेको टोलीले राष्ट्रपति विद्या भण्डारीसँग पनि शितलनिवासमा एक घण्टा भेटवार्ता गरेको थियो । राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको भेटका बारेमा औपचारिक जानकारी गराएको छैन । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली हिजो दिउँसो काठमाडौं ...
सरकारले निजी अस्पताललाई कोरोनाको सूचीबाट हटायो

सरकारले निजी अस्पताललाई कोरोनाको सूचीबाट हटायो

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, पुस १३। सरकारले कोरोना बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने कारोनाको उपचार हुने छ । समाचारअनुसार ‘हाललाई सरकारी अस्पतालमै कोरोना बिरामीका लागि जनरल बेड, आईसीयू र भेन्टिलेटर पर्याप्त उपलब्ध रहेकाले थप आवश्यक नभएसम्म निजी अस्पतालबाट दिइने निःशुल्क कोभिड उपचार परीक्षण सेवा स्थगन गरिएको छ, ’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने । उनका अनुसार आगामी दिनमा आवश्यक देखिए पुनः निजी अस्पतालहरूलाई निःशुल्क कोरोना उपचार केन्द्रका रूपमा परिणत गर्न सकिनेछ । स्वास्थ्य मन्त्रालयले आइतबार १२ बजेसम्म कोभिडमा सूचीकृत निजी अस्पतालहरूमा भर्ना भएर १० दिनसम्म उपचार गराउने संक्रमितहरूक...
पीएम कपमा आज दुई खेल हुँदै , एपीएफलाई समूह विजेता बन्ने मौका

पीएम कपमा आज दुई खेल हुँदै , एपीएफलाई समूह विजेता बन्ने मौका

खेलकुद
काठमाडौं, पुस १३ । महिला प्रधानमन्त्री कप टि–ट्वान्टी कप क्रिकेट अन्तर्गत आज ९सोमबार० दुई खेल हुँदैछन् । दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा जारी खेलमा एपीएफलाई समूह विजेता बन्ने मौका छ । आज समूह ए अन्तर्गत अन्तिम दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा कर्णाली प्रदेशले प्रदेश २ सँग खेल्दैछ । दुई टोलीबीचको खेल बिहान ९ बेज सुुरु हुनेछ । दुबै टोली आजको खेलमा जित निकाल्दै सुखद विदाईको अपेक्षामा हुनेछन् । यसअघिका दुई खेलमा दुबै टोली पराजित छन् । प्रतियोगितामा कमजोर बनेको कर्णाली प्रदेश क्रिकेट आजको खेलमा जित निकाल्दै प्रतियोगिताको अन्त्य गर्ने योजनामा रहेको छ । पहिलो खेलमा एपीएफसँग लज्जास्पद हार बेहोरेको कर्णाली दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो । यता प्रदेश २ भने पहिलो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित हुन पुगेको थिय...