Tuesday, November 24
Shadow

पत्रकार शिवाकोटीलाई जिपीके फाउन्डेसन अमेरिकाको सम्मान


  • -इ
  • इ+


काठमाण्डौँ, कार्तिक १९
नेपाल प्रेस युनियनका महासचिव तथा हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीलाई जिपीके फाउन्डेसन अमेरिकाले सम्मान गरेको छ ।

कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाएवापत फाउन्डेसनले शिवाकोटीसहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरुलाई सम्मान गरेको फाउन्डेसनका अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए ।

सुशासनका क्षेत्रमा सक्रियतापूर्वक कलम चलाएवापत केहि महिना अगाडी शिवाकोटीलाई रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट पुरस्कृत गरेको थियो ।

सम्मानित हुनुहुने पत्रकार शिवाकोटी २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भई ईमेज टिभी, नेपाल वान टिभी, रेडियो नेपाललगायतका संचार माध्याममा रहेर काम गरिसकेका छन् ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्