महेन्द्र अधिकारी/ललितपुर, कार्तिक २१
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक रामशरण आले , रामशरण ढकाल र काब्य आचार्य को स्वरमा नयाँ गीत “ घैया मकै ” बजारमा सार्वजनिक भएको छ।
यो गीतमा शब्द सर्जक तथा गायक शम्भु नेपाल को रहेको छ भने संगीत राम्जी थापा मगर को रहेको छ । यस गितलाई संगीत संयोजन विष्णु तामाङ्ग ले गरेका छन् ।
शिवपुरी म्युजिक को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको गीतमा मुकेश हुमागाई कोे छायांकन रहेको छ भने डेभिड सिलवाल ९रतिराम ०ले सम्पादन गरेका छन्। यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका हुन् ।
निरेन श्रेष्ठ ले निर्देशन गरेको भिडियोमा प्रकाश तामाङ्ग ९ राज ० ,आरुसी मगर ,दिपेश ढकाल ,सुजता भट्टराई र बालकलाकार पृथ्वी आले , शितल राना को उत्कृष्ट अभिनय देख्न सकिन्छ। गीतको भिडियोलाई शिवपुरी म्युजिक अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
“ घैया मकै ” बोलको गीतको भिडियो उत्कृष्ट बनेको दर्शक श्रोताको प्रतिकृया एकदम राम्रो आएको सर्जक तथा गायक नेपाल ले जानकारी दिए ।
सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।