Friday, April 24
Shadow

Month: November 2020

आज देशभर १९४५ जना कोरोना संक्रमित थपिए

आज देशभर १९४५ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ५ पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ। आज देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन्। आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २ सय ९८ जना संक्रमितको मृत्यु भइसकेको छ।...
कोरोनाबाट गण्डकीमा थप ७ को मृत्यु, पोखराका मात्रै ६ जना

कोरोनाबाट गण्डकीमा थप ७ को मृत्यु, पोखराका मात्रै ६ जना

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ५ कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु भएको छ। ७ मध्ये पाेखराका मात्रै ६ जना रहेका छन्। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार हिजो राति र आज विहान ७ जनाको ज्यान गएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ।
जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? हेनुहोस् यस्ता छन् घरेलु उपाय

जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? हेनुहोस् यस्ता छन् घरेलु उपाय

जिवनसैली, टिप्स, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ४ जाडोयाममा धेरैलाई ओठ फुट्ने समस्याले पिरोलिरहेको हुन्छ । तर केही मात्रामा मात्र सावधानी र घरेलु विधि उपनाउन सकियो भने मात्र पनि ओठ फुट्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । के छन् त उपाय ? ओठमा जिब्रो लगाउने बानी, ओठ चुस्ने वा चाट्ने बानी छ भने तत्काल हटाउनुस् । साथै ओठमा मह दल्नु भयो भने पनि ओठ फुट्दैन । त्यसैगरी घीउ र नरिवलको तेल लगाउँदा पनि ओठ फुट्नवाट बच्न सकिन्छ । पानी धेरै पिउनुभयो भने पनि यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । जाडो मौसममा सुन्तला, बदाम सेवन गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । बाहिरी वातावरणमा जानु पर्दा लिप जेल, लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बच्न सकिन्छ । कहिले काँही रोगका कारण पनि ओठ फुट्न सक्छ । चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्य...
बिमल डाँगीको दोहोरी गीतमा दुर्गेश थापा र निता ढुंगाना अभिनित भिडियो सार्वजनिक

बिमल डाँगीको दोहोरी गीतमा दुर्गेश थापा र निता ढुंगाना अभिनित भिडियो सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर ४ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बस्न सफल एक मात्र गायक हुन् बिमल डाँगी,जो लामो समय देखि अमेरिका बस्दै आएका मात्रै छैनन् उनि हर समय नेपाली गीत संगीतमा रमाई रहेका छन अझ यसरी भनौ उनि अमेरिका रहे पनि उनका सृजानाहरु र उनका आवाजमा रहेका नयाँ नयाँ गीतहरु बजारमा आइरहेको छ। सोहि क्रममा फेरी नयाँ गीत “मेरो हजुर” बजारमा आएको छ। उक्त दोहोरी गीतमा गायक बिमल डाँगी र उनकी श्रीमती लोक गायिका सरिता डाँगीले आवाज दिएको छन । बिमल डाँगी कै शब्द तथा लयमा निर्माण भएको गीतमा चर्चित मोडल दुर्गेश थापा र निता...
पत्रकार महासङ्घ दोस्रो चरणको आन्दोलनमा : मिडिया सञ्चालकको घर घेराउदेखि तालाबन्दीसम्म

पत्रकार महासङ्घ दोस्रो चरणको आन्दोलनमा : मिडिया सञ्चालकको घर घेराउदेखि तालाबन्दीसम्म

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर ४ नेपाल पत्रकार महासङ्घले छठ पर्व लगत्तै दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासन गरिएका पत्रकारको स–सम्मान पुनर्बहाली गर्नुपर्ने, यसबीचको तलब–भत्ता उपलब्ध गराउनुपर्ने, दशैँ खर्चलगायत विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्नुपर्ने लगायत माग गर्दै महासङ्घले आन्दोलन गर्न लागेको हो । यस्तै महासङ्घले नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पनि माग गरेको छ । महासङ्घमा भएको पत्रकारिता सम्बद्ध सङ्गठनका प्रतिनिधिहरूसँगको छलफलमा अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको समस्यालाई वार्ता र संवादबाट समाधन नभएका कारण आन्दोलन गर्नुपरेको बताउनुभयो । छलफलका क्रममा सङ्गठनका प्रतिनिधिहरूले सम्बद्ध सञ्चार गृहका सञ्चालकको घर घ...
दुई श्रीमती भएका वडाध्यक्षले अर्कैकी पत्नी लिएर भागे

दुई श्रीमती भएका वडाध्यक्षले अर्कैकी पत्नी लिएर भागे

अचम्मका कुरा, ब्यानर समाचार 2, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ४ सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर भागेका छन् । उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ । दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । उनका अनुसार यसअघिका पत्नीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको छ । ५२ वर्षीय वडाध्ययक्ष कुमाईकी पहिलो पत्नीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् ।...
आज २१०३ जना कोरोना संक्रमित थपिए, देशभर २८,१०६ सक्रिय संक्रमित

आज २१०३ जना कोरोना संक्रमित थपिए, देशभर २८,१०६ सक्रिय संक्रमित

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ४ पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ। आज देशभर २८ हजार १ सय ६ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २७६जना संक्रमितको मृत्यु भइसकेको छ।...
अब २४ घण्टापछि आफैं मेटिनेछन् ट्वीट

अब २४ घण्टापछि आफैं मेटिनेछन् ट्वीट

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक ४ माइक्रोब्लगिङ साइट ट्वीटरले केवल २८० अक्षरयुक्त सादा तथा कडा रवैयायुक्त प्लाटफर्मको आफ्नो स्थापित परिचय बदल्ने तयारी गरेको छ । यसअन्तर्गत ट्वीटरले विभिन्न नयाँ फिचरहरु घोषणा गरेको छ । मंगलबार ट्वीटरले गरेको घोषणाअनुसार अब ट्वीटरमा यस्तो फिचर उपलब्ध हुनेछ जसमा प्रयोगकर्ताका ट्वीटहरु २४ घण्टापछि आफैं मेटिने छन् । डिसएपियरिङ ट्वीट्स फिचरसँगै ट्वीटरले अडियो ट्वीटको फिचर पनि घोषणा गरेको छ । फेसबुकको स्टोरी फिचर जस्तै २४ घण्टामा ट्वीट आफैं हराउने ट्वीटरको उक्त फिचरको नाम ‘फ्लीट्स’ हो । यस्तो स्टोरिज फिचर सबैभन्दा पहिले सन् २०१३ मा स्नापच्याटले सुरु गरेर निकै लोकप्रिय बनेको थियो । त्यसपछि फेसबुक, इन्स्टाग्राम र युट्युब समेतले यो फिचर सुरु गरे । २४ घण्टामा आफैं मेटिने ट्वीट अर्थात् फ्लीट्स अन्य सामान्य ट्वीटभन्दा केही अर्थमा भिन्न रहेको छ । किनकी फ्लीट्समा अरुले ल...

Ozon.ru

Uncategorized
Newborn spoons (3 to 5): A fabulous rubber-tipped or maybe vinyl table spoon is less complicated on the subject of your baby's gums and tiny good enough to match comfortably into a fabulous little lips. The baby's routines, bathroom runs, and an increase in the body's metabolic processes might interrupt or disturb your sleep Knee cramping can also interfere with a good night's sleep. (more…)
धादिङ खानी खोलामा ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

धादिङ खानी खोलामा ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक ३ धादिङको धुनिवेशी नगरपालिका–८ स्थित खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको १२ चक्के ट्रकले ठक्कर दिँदा स्थानिय ६ वर्षीय रितेश तामाङको मृत्यु भएको हो । ट्रक चालक मकवानपुर घर भएका उमेश मैनालीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय खानीखोलाकी इन्सपेक्टर रुपा थापाले बताइन् । सामान लिन हेटौंडातर्फ जाँदै गरेको ना.६ ख ४९४७ नम्बरको खाली ट्रकले बालकलाई ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् ।...