Thursday, April 25
Shadow

धादिङ खानी खोलामा ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक ३
धादिङको धुनिवेशी नगरपालिका–८ स्थित खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको १२ चक्के ट्रकले ठक्कर दिँदा स्थानिय ६ वर्षीय रितेश तामाङको मृत्यु भएको हो । ट्रक चालक मकवानपुर घर भएका उमेश मैनालीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय खानीखोलाकी इन्सपेक्टर रुपा थापाले बताइन् ।

सामान लिन हेटौंडातर्फ जाँदै गरेको ना.६ ख ४९४७ नम्बरको खाली ट्रकले बालकलाई ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares