Thursday, March 28
Shadow

बिमल डाँगीको दोहोरी गीतमा दुर्गेश थापा र निता ढुंगाना अभिनित भिडियो सार्वजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी/ललितपुर, मंसिर ४
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बस्न सफल एक मात्र गायक हुन् बिमल डाँगी,जो लामो समय देखि अमेरिका बस्दै आएका मात्रै छैनन् उनि हर समय नेपाली गीत संगीतमा रमाई रहेका छन अझ यसरी भनौ उनि अमेरिका रहे पनि उनका सृजानाहरु र उनका आवाजमा रहेका नयाँ नयाँ गीतहरु बजारमा आइरहेको छ। सोहि क्रममा फेरी नयाँ गीत “मेरो हजुर” बजारमा आएको छ।

उक्त दोहोरी गीतमा गायक बिमल डाँगी र उनकी श्रीमती लोक गायिका सरिता डाँगीले आवाज दिएको छन । बिमल डाँगी कै शब्द तथा लयमा निर्माण भएको गीतमा चर्चित मोडल दुर्गेश थापा र निता ढुगानाले अभिनय गरेका छन भने प्रकाश भट्ट को उक्त गीतको भिडियो निर्देशन रहेको छ। भिडियो उत्किष्ट बनेको छ । गीतको भिडियोलाई बिमल डाँगी कै अफिसियल युटुब च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ ।

गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares