Friday, April 19
Shadow

दुई श्रीमती भएका वडाध्यक्षले अर्कैकी पत्नी लिएर भागे


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक ४
सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर भागेका छन् । उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ ।

दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । उनका अनुसार यसअघिका पत्नीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको छ ।

५२ वर्षीय वडाध्ययक्ष कुमाईकी पहिलो पत्नीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares