Tuesday, March 19
Shadow

एमाले उम्मेदवारको घरमा पसेर १५ जनाको समूहद्वारा परीवारका सबै सदस्यमाथि खुकुरी प्रहार


  • -इ
  • इ+

कैलाली जिल्लाको गोदावरी नगरपालिका ६ बडेहा भन्ने स्थानमा एमालेका वडाध्यक्षका उम्मेदवारसहित उनका सबै परीवार सदस्यमाथि खुकुरी प्रहार भएको छ ।

कैलालीको गोदावरी नगरपालिका – ६ अध्यक्षका लागि नेकपा (एमाले)को तर्फबाट उम्मेदवार उम्मेदवार जग्गु चौधरीले आफूसहित ५ परीवार सदस्यमाथि खुकुरी प्रहार भएको जनाएका छन् ।

बुधबार साँझ खना खाएर बसिरहेको अवस्थामा १५ जनाको समूहमा आएका नेपाली काँग्रेसका कार्यकर्ताले एक्कासी सबै परीवारका सदस्यहरुमाथि खुकुरी प्रहार गरेको नेकपा एमाले कैलालीले जनाएको छ ।

उनीहरु बसिरहेको अवस्थामा घरभित्रै पसेर आक्रमण गरेको वडाध्यक्षका उम्मेदवार स्वयम चौधरीले समेत बताएका छन् ।

खुकरी प्रहारबाट वडाध्यक्षका उम्मेदवार चौधरी जग्गु चौधरीकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ विन्तीराम चौधरी, भाइ बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाइते भएका छन् ।

उनीहरुको हाल अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये विन्तीरामको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अन्यको कसैको औलामा, कसैका घाँटीमा र कसैको ढाडमा चोट लागेको बताइएको छ ।

अपराधिक गतिविधिमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ,घटनामा नेपाली कांग्रेसका कार्यकर्ताहरु प्रकाश ओली र विनोद शाहसहितका टोलीको संलग्न रहेको पीडित पक्षको दावी छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares