Sunday, April 28
Shadow

परिवर्तन अभियान नेपालद्वारा तार्केश्वर न.पा.का एस्ईई उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान


  • -इ
  • इ+

काठमाडौँ, २९ असार । परिवर्तन अभियान नेपालद्वारा तार्केश्वर नगरपालिका भित्रका माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ)उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान कार्यकर्म गर्ने भएको छ । भोलि शनिवार बिहान कान्तिपुर ए बि पार्टी प्यालेस बालाजु नेपालटारमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको प्रमुखातिथ्यतामा हुने कार्यकममा , प्रा.डा. भगवान कोइराला , प्रा.डा. विद्यनाथ कोइराला ,तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन ,उपप्रमुख सृजना बुर्लाकोटी, काठमाडौं महानगरपालिका १६ वडा अध्यक्ष मुकुन्द रीजाल , नबिल बैंकका डेपुटि सिईओ सिए मनोज ज्ञवाली सहितको जनप्रतिनिधिको उपस्थितिमा परिवर्तन अभियान नेपालद्वारा यस शैक्षिक वर्ष २०७९मा तार्केश्वर नगरपालिकाका माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान कार्यक्रम गरिन परिवर्तन अभियान नेपालका एक प्रतिनिधीले जानकारी दिएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares