Saturday, April 27
Shadow

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने (सूचनासहित)


  • -इ
  • इ+

काठमाडौँ, असार २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने जनाएको छ । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि परीक्षा दिने पाउने बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ।

ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्नेछ। परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय इकाइमा पेस गर्नुपर्नेछ।

गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालित एसईई परीक्षाको नतिजा गत बिहीबार प्रकाशित भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares