Thursday, May 21
Shadow

समाज

कोरोना संक्रमणबाट विश्वभर ६०२ पत्रकारको मृत्यु, नेपालमा कति ?

कोरोना संक्रमणबाट विश्वभर ६०२ पत्रकारको मृत्यु, नेपालमा कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौ, पुस २२ । कोरोना संक्रमणबाट विश्वभर ६०२ पत्रकारको मृत्यु भएको छ । प्रेस एम्ब्लेम क्याम्पेन (पिइसी) ले विश्वभरि कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । उसले सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको उल्लेख गरेको हो । पिइसीले स्विट्जरल्यान्डको जेनेभाबाट प्रकाशित गरेको प्रतिवेदनमा मृतकमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिकी मुलुकका परेको जनाएको छ ।त्यसैगरी एसियाका १४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ जना र अफ्रिकाका २८ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ । संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु समाचार संकलन तथा प्रसारणका लागि अग्रपङ्क्तिमा रहनुपर्ने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिन आग्रह समेत गरेको छ । पीईसीका महासचिव ब्लैस लेम्पेनद्वारा जारी वक्तव्यमा फोटो तथ...
जनकपुर–जयनगर रेल माघदेखि संचालनमा ल्याउने तयारी

जनकपुर–जयनगर रेल माघदेखि संचालनमा ल्याउने तयारी

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं, पुस २२ । जनकपुर–जयनगर रेल्वे सेवा माघदेखि संचालनमा ल्याउने तयारी गरिएको छ । झण्डै चार महिनादेखि धनुषाको इनर्वामा थन्काएर राखिएको दुई वटा रेल माघदेखि संचालन गर्ने तयारी रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए । रेल संचालनका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनको विषय सुनिश्चित भइरहेको उनले बताए । रेल संचालनका लागि आवश्यक पर्ने २६ जना प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको उनले बताए । त्यसलाई मुर्तरुप दिन उक्त प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषदमा पठाइसकेको पनि उनले जानकारी गराए । रेल ईन्जिनको सर्भिसिङग, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वे सम्बन्धि तालिम दिनेलगायतका विषय प्याकेजमा समावेश गरिएको उनले बताए । त्यसैगरि, नेपालको तर्फबाट ५० ...
प्रतिनिधसभा विघटनविरुद्धको रिटको अर्को सुनुवाई पुस २९ गते हुने, कार्कीले गरे इजलासमा नबस्ने घोषणा

प्रतिनिधसभा विघटनविरुद्धको रिटको अर्को सुनुवाई पुस २९ गते हुने, कार्कीले गरे इजलासमा नबस्ने घोषणा

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ पुस २२ । प्रतिनिधसभा विघटनविरुद्ध परेका रिटको अर्को सुनुवाई अब पुस २९ गते बुधबार हुने भएको छ । सर्वोच्च अदालतको संबैधानिक इजलासमा आजको सुनुवाई न्यायाधिश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि अवरुद्ध भएको थियो । यस अघि रिट निवेदकका तर्फबाट बहसमा भाग लिदै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शम्भु थापालगायतले न्यायाधिश कार्की इजलासमा बस्न नहुने तर्क गरेका थिए । न्यायाधिश कार्की यस अघि केपी शर्मा ओली प्रधानमन्त्री हुदा महान्यायाधिवक्ता रहेको र अहिले ओलीकै कदमविरुद्धको मुद्धाको इजलासमा बस्दा स्वार्थ बाझिने तर्क गरेपछि न्यायाधिश कार्कीले इजलासमा नबस्ने घोषणा गरेका थिए । त्यस्तै बुधबार प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका निवेदकहरुले यस रिटको सुनुवाई बृहत पूर्ण इजलासमा गर्नुपर्ने माग गर्दै निवेदन दर्ता गरेका छन् । उनीहरुले यो विषय संबिधान र कानुनको गम्भीर...
पुनर्निर्माण प्राधिकरणका सव-इन्जिनियर डेढ लाख घुससहित पक्राउ

पुनर्निर्माण प्राधिकरणका सव-इन्जिनियर डेढ लाख घुससहित पक्राउ

ब्यानर समाचार 2, समाचार, समाज
  काठमाडौँ पुस २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर सुरेन्द्र अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव(इन्जिनियर अधिकारीलाई आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइ दिए वापत लिएको एक लाख ५० हजार रकमसहित पक्राउ गरेको जनाएको छ । गुस मागिरहेको सूचनाको आधारमा अख्तियारको पोखराको टोलिले अधिकारिलाई भानु नगरपालिका वडा नं।(२, बाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु

कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु

आर्थिक, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, पुष २२ नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु भएको छ । मंगलबार झापा जिल्ला बाट देशव्यापी तालिमको सुरुवात गरिएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ झापाद्वारा अर्जुनधारा नगरपालिकामा फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम को उद्घाटन गरेको छ । भोला परियारको अध्यक्षता भएको उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिका मेयर हरि कुमार रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्ष नवीन ढुंगाना , कार्यपालिका सदस्य रमेश तिखत्री लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । तालिम लिन को लागि ५० भन्दा बढी व्यवसायीहरु को सहभागिता रहेको कार्यक्रममा नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ केन्द्रीय सदस्य हरि नेपालीले कार्यक्रम संचालन गर्नु भएको थियो । महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले हामि संगको कुराकानीमा, झापाबाट सुर...
२९९ औँ पृथ्वीजयन्तीको अवसरमा देविघाटमा फुटबल प्रतियोगिता देखि कविता वाचन सम्म

२९९ औँ पृथ्वीजयन्तीको अवसरमा देविघाटमा फुटबल प्रतियोगिता देखि कविता वाचन सम्म

खेलकुद, जिवनसैली, मनोरञ्जन, समाचार, समाज, साहित्य/कला, स्थानिय तह
काठमाण्डौँ, पुष २२ २९९ औँ पृथ्वीजयन्तीको अवसरमा नुवाकोटको विदुर नगरपालिका वडा नं ५ देविघाटमा फुटबल प्रतियोगिता, कविता वाचन र साँस्कृतिक कार्यक्रम हुने भएको छ । पुष २७ गते पृथ्वीजयन्तीको अवसरमा पृथ्वीस्मारक संरक्षण समितिको आयोजनाका उक्त कार्यक्रम हुनलागेको हो । पुष २२ गते (आज) बसेको समितिको बैठकले ४५ वर्षभन्दा माथिकालाई लक्षित गर्दै फुटबल प्रतियोगिता, खुल्ला कविता वाचन र साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । ...
दैलेखमा बालिका बलात्कार

दैलेखमा बालिका बलात्कार

अपराध, समाचार, समाज
काठमाण्डौं, पुष २२ दैलेखमा बालिका बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । नारायण नगरपालिका–८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ परेका हुन् । घरमा कोही नभएको अवस्थामा पारी बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा प्रहरीले बिक लाई पक्राउ गरेको थियो । घटना बारे स्थानिय एक ब्यक्ती ले धटनाबारे प्रहरीलाइ जानकारी गरे लगत्तै प्रहरी को टोलिले दोषि लाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका पुरुषलाई अनुशन्दान को लागी हिरासत मा राखेर अनुशन्दान जारी छ ।...
तिमी लड्नैको निम्ति जन्मिएका हौँ

तिमी लड्नैको निम्ति जन्मिएका हौँ

विचार, समाज, सम्पादकीय
पामेल उपाध्यय/काठमाण्डौँ, पुष २२ तिमी लड जति सक्छौं त्यती लड। लम्किदै लड, घिस्रिदै लड। जोसिदै लड, मुठ्ठी उझाई लड। शीर झुकाएर होस् वा उठाएर होस्, पिठ्युँ फर्काएर होस् वा छाती फुलाएर होस् लड्न नछोड। तिमी लड्न लाई जन्मिएका हौँ त्यसै ले पाखुरा सुर्किएर लड, तिघ्रा ठटाएर लड। मस्त जवानी को झोक झै राग उकाल्ने गरि लड। मान्छे भएर जन्मिनुमा एउटा सार्थकता हुञ्छ, त्यसलाई लडाईमा बदल। जीवन नै लडाई हो भन्ने सम्झि कर्म लाई थाती राख्दै लड। हस्तिनापुर को बाँस होस् वा चपरी मुनि को बाँस लडाई निरन्तर जारी राख्दै अनन्तकाल सम्म भक्त भएर लड। लडाई लाई नै भाग्य विद्याता सम्झी इमान्दार मेहनत र परिश्रम भएर होईन भक्त हनुमान भएर लड। कम्युनिष्ट आन्दोलन भित्र बैचारिक वहसको युग समाप्त भएर स्खलित युग को सुरुवात भएको घोषणा गर्दै लड। तिमी छौँ र त यहाँ सबै कुरा सम्भव छ। तिम्रा केही उच्च नेताहरु ले बोलेको तुच्छ वाक्य लाई ...
काठमाडौंको बालाजुमा कपडा काट्ने कैंचीले घोपेर युवकको हत्या

काठमाडौंको बालाजुमा कपडा काट्ने कैंचीले घोपेर युवकको हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २२। काठमाडौंको बालाजुस्थित बाइपासमा कपडा काट्ने कैंचीले घोपेर एक जनाको हत्या गरिएको छ । काठमाडौंको बालाजु बाइपासमा स्थानीय टेलर व्यवसायी बिच भएको झगडामा म‌ंगलबार राति एकजनाको ज्यान गएको हो । मंगलबार राति स्थानीय दुई टेलर व्यवसायीबिच विवाद हुँदा लिएको उग्र रुपले अन्दाजी २३ वर्षीय कलाम मियाँको ज्यान गएको हो । अर्का टेलर व्यवसायी अन्दाजी २३ वर्षीय सुबोध शर्माले कपडा काट्ने कैंचीले मियाँको कोखामा प्रहार गरेका थिए । गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल लगिएमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।...
कक्षा ११ :  सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
इलाम–, पुस २२ । पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन । पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन । भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्...