Thursday, May 21
Shadow

समाज

भारतमा वर्डफ्लु , नेपालमा उच्च सतर्कता

भारतमा वर्डफ्लु , नेपालमा उच्च सतर्कता

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ पुस २३ । भारतका विभिन्न प्रदेशमा बर्डफ्लु देखिएपछि नेपाल पनि उच्च सतकर्ताको लागि सरकारले तयारी थालेको छ । नेपालमा बर्डप्mलु संक्रमण भित्रिन नदिइन कृषि तथा पशुपन्छि विकास मन्त्रालयले पशुसेवा विभागलाई बिहिरबाट आयात हुने पशुपन्छि तत्काल नेपाल भित्रिन नदिन निर्देशन दिएको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगतको पशुसेवा विभाग लगायत सबै सम्बन्धित निकायलाई भारत लगायतका सिमा नाकाबाट आयात हुने पशुपन्छि तत्काल रोक्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयका सह–सचिव डा। विमल कुमार निर्मलले बर्डफ्लु संक्रमण नेपालमा भित्रिन नदिइन मन्त्रालयले उच्च सतकर्ताका लागि नेपाल–भारत सीमाका सबै क्वारेन्टाइनलाई सचेत हुन विभाग मार्फत पत्राचार गरी सकेको बताए । उनले कुनै पनि नाकाबाट पशुपन्छि आयात हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए । नेपालमा कोरोना संक्रमण फैलिएपछि स्वास्थ...
विजयनगरमा दहाल- नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

विजयनगरमा दहाल- नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

राजनिती, समाचार, समाज
विजयनगर, पुस २३ , कपिलवस्तु जिल्लाको विजयनगर गांउपालिका वडा नं ६ प्रेमनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयनगर गांउकमिटीको आयोजना मुनिस मनिहारको अध्यक्षता तथा गिरधारी लाल न्यौपाने को प्रमुख आतिथ्य रह्यो भने विशिष्ट अतिथिमा प्रदेश कमिटी सदस्य बालकराम बुढा र अतिथिमा नेकपा कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली रहेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरधारी लाल न्यौपाने ले प्रधानमंत्री लाई आफ्नो गल्ती सच्याउनु पर्ने बताउदै सारा शक्ति सडकमा रहेको र यो जनताको आन्दोलन हो भन्ने कुरा बताउदै सरकारले आफ्नो गल्ती सुधारेनन भने अझ ससक्त आन्दोलन हुने बताए । लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खा...
महोत्तरीको नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

महोत्तरीको नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २३ । हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो । पत्रकारको एक समूह आज मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो बज्रपात भएको खुलासा भएको हो । ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुराका अभावमा यही पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो । उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो । साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृत्यु भएको थियो । ...
हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी रहन आग्रह

हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी रहन आग्रह

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २३ । रुकुमपूर्वका तीनवटै गाउँपालिकालाई हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । हिमपातको समय आएकाले यसबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समितिले गाउँपालिकाका साथै मानवीय क्षेत्रमा कार्यरत गैरसरकारी क्षेत्रलाई निर्देशन दिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहलाई हिमपातबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका साथै राहत, उद्धार र पुनःस्थापनाका लागि तयारी अवस्थामा रहन निर्देशन गरेको हो । यतिमात्र नभई चिसोबाट प्रभावित हुनसक्ने क्षेत्रका नागरिकको पहिचान गरी राहत सङ्कलन र वितरण गर्न निर्देशन गरेको प्रजिअ राईले बताइन् । यस्तै विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले विपन्न परिवारको पह...
डेढ करोड ठगी आरोपमा युवती पक्राउ, अमेरिका पठाइदिने भन्दै झुक्याउँदै

डेढ करोड ठगी आरोपमा युवती पक्राउ, अमेरिका पठाइदिने भन्दै झुक्याउँदै

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं, पुस २३ । दैलेखका विभिन्न व्यापारी र व्यवसायीहरूबाट डेढ करोडभन्दा बढी ठगी गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका कि विद्या सरकार नाम राखेकी २४ वर्षीया विद्या शर्मालाई प्रहरी हिरासतमा राखि अनुसन्धान सुरु गरिएको छ । पालिकासँगको समन्वयमा कोरोना (कोभिड–१९) रोकथामका सामग्री वितरण गरेर स्थानीयलाई प्रभावमा पारि डेढ करोड ठगी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी, नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय रेडक्रसको नेपाल प्रतिनिधि भएको बहानामा कोरोना रोकथामका लागि राहत बाँडेको नाममा दैलेखका १० जना युवालाई अमेरिका पठाइदिने भन्दै ८० लाखभन्दा बढी असुलेको र झण्डै त्यति नै मूल्यका सामग्री राहतको नाममा उधारोमा लिइ बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ठाउँठाउँमा युवाहरूसँग नक्कली विवाह गर्ने, अमेरिका–जापान पठाइदिने ब...
मालपोत कर्मचारी र लेखापढी व्यवसायी घुससहित पक्राउ

मालपोत कर्मचारी र लेखापढी व्यवसायी घुससहित पक्राउ

मुख्य समाचार, समाचार, समाज
सर्लाही, २३ पुस । मालपोत कार्यालय हरिवन सर्लाहीका नायव सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतो घुस रकमसहित पक्राउ परेका छन् । जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले लेखापढी व्यवसायी राम सुन्दर महतोलाई सेवाग्राहीबाट रु।११ हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो । यस्तै नायब सुब्बा बेदनिधी बराल समेतलाई मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ अख्तियारले जनाएको छ ।...
देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गर्नुभयो : मुख्यमन्त्री पोखरेल

देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गर्नुभयो : मुख्यमन्त्री पोखरेल

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस २३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद् विघटन गरेको बताएका छन् । कपिलवस्तुमा निर्माण भएको क्षेत्रीय यातायात सडक (आरटिओ) रोडको आज विजयनगर गाउँपालिका–५ खडैचामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सडकमा आन्दोलन गरिरहेका प्रचण्ड माधव समूहका नेतालाई निर्वाचनमा लाग्न सुझाव दिए । मुख्यमन्त्री पोखरेलले हुलाकी मार्गले मधेशको विकासमा महत्वपूर्ण हुनेसमेत बताए । प्रदेश सरकारको महत्वपूर्ण कार्यको रुपमा हुलाकी सडक रहेकाले यो सडक निर्माण पश्चात नागरिकको जीवनस्तर परिवर्तन हुने साथै प्रदेशको स्थायी राजधानीसँग जोडिएको कृष्णनगर भन्सारको स्तरोन्नति गरिने उनले बताए । मुख्यमन्त्री पोखरेलले कपिलवस्तुमा सिँचाइको लागि नौमुरे सिँचाइ योजनाको काम अघि बढेकाले यसले जिल्लाको सिँचाइको समस्यालाई समाधान गर्ने बताए...
दिगो विकास तथा सुशासन समितिमा वामदेव गौतम मनोनीत

दिगो विकास तथा सुशासन समितिमा वामदेव गौतम मनोनीत

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , पुस २३ । राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उनलाई सो समितिमा मनोनयन गरिएको हो । बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६र०७७ पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ ।...
‘प्रधानमन्त्रीको इच्छामा प्रतिनिधिसभा भङ्ग हुन सक्दैन’

‘प्रधानमन्त्रीको इच्छामा प्रतिनिधिसभा भङ्ग हुन सक्दैन’

समाचार, समाज
  काठमाडौँ , पुस २३ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरेका छन् । आजको विशेष समयमा सांसद रामनारायण बिडारीले संविधानसभाले लामो समय लगाएर बनाएको संविधानको धारा ७६ र १०० लाई देश र विदेशका विज्ञसमेतको परामर्शमा प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन सक्दैन भनेर आफूले जानेसम्मको भाषा लेखिएको विचार राखे । उनले नेपालको संविधान २०४७ हेरेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने प्रश्न गर्दै नेपालको संविधानले प्रतिनिधिसभाको निरन्तरताको सिद्धान्त अँगालेको बताए । उनले विश्वको संसदीय प्रणालीलाई नियालेर हेर्न अनुरोध गर्दै क्यानडामा विशेषाधिकारले मात्रै विघटन गर्न सकिने भनेर लेखिए पनि एक सय वर्ष हुँदा पनि विघटन नभएको, फ्रान्समा सभामुखको परामर्शमा तथा पोर्चुगल र नेदरल्याण्ड्समा संसदीय दलको नेताका परामर्शले मात्रै विघटन हु...
राष्ट्रपति समक्ष सरकारको ‘वार्षिक प्रतिवेदन २०७६/७७’ पेश

राष्ट्रपति समक्ष सरकारको ‘वार्षिक प्रतिवेदन २०७६/७७’ पेश

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ पुस २३ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा ४१ बमोजिम उनले सो प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनका सम्बन्धमा गरेका काम तथा प्राप्त उपलब्धि सम्बन्धी धारा ५३ बमोजिमको वार्षिक प्रतिवेदन एवं नेपाल सरकारले गरेका प्रमुख कार्यको विवरण प्रतिवेदन समावेश गरिएको छ । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय सम्मान, सुशासन र समृद्धिलाई सर्वोपरि प्राथमिकतामा राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा यस वर्ष विभिन्न महत्वपूर्ण काम भएको प्रतिवेदनमा जनाइएक...