काठमाडौँ महानगरले काठमाडौँका मुख्य सडकमा आधुनिक बत्ती जडान गर्दै
काठमाडौँ, पुस २४ । काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ । यही मङ्सिर २५ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच भएको सहमति अनुरुप महानगरपालिकाले बत्ति जडानको प्रक्रिया अघि बढाएको हो ।
उज्यालो महानगर बनाउनुका साथै उज्यालो संघीय राजधानीको चिनारी दिने तथा मेयर उज्यालो अभियान अन्तर्गत आधुनिक सडक बत्ति जडान कार्य अघि बढाएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए ।
शाक्यले महानगरपालिका, क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने पनि जानकारी दिए ।
‘सहमति अनुसार सडक बत्ती जडानमा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने उनले बताए ।उ...









