Friday, April 19
Shadow

डेढ करोड ठगी आरोपमा युवती पक्राउ, अमेरिका पठाइदिने भन्दै झुक्याउँदै


  • -इ
  • इ+

काठमाडौं, पुस २३ । दैलेखका विभिन्न व्यापारी र व्यवसायीहरूबाट डेढ करोडभन्दा बढी ठगी गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका कि विद्या सरकार नाम राखेकी २४ वर्षीया विद्या शर्मालाई प्रहरी हिरासतमा राखि अनुसन्धान सुरु गरिएको छ ।

पालिकासँगको समन्वयमा कोरोना (कोभिड–१९) रोकथामका सामग्री वितरण गरेर स्थानीयलाई प्रभावमा पारि डेढ करोड ठगी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी, नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय रेडक्रसको नेपाल प्रतिनिधि भएको बहानामा कोरोना रोकथामका लागि राहत बाँडेको नाममा दैलेखका १० जना युवालाई अमेरिका पठाइदिने भन्दै ८० लाखभन्दा बढी असुलेको र झण्डै त्यति नै मूल्यका सामग्री राहतको नाममा उधारोमा लिइ बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ठाउँठाउँमा युवाहरूसँग नक्कली विवाह गर्ने, अमेरिका–जापान पठाइदिने बहानामा ती युवतीले ठग्ने गरेको बताइएको छ । सुनसरी, झापालगायत जिल्लामा उनीविरुद्ध उजुरी परे पनि दैलेख प्रहरीको पहलमा काठमाण्डौबाट पक्राउ गरी उनलाई आजै मात्र हवाई जहाजबाट सुर्खेत हुँदै दैलेख ल्याइएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares