Friday, April 26
Shadow

भारतमा वर्डफ्लु , नेपालमा उच्च सतर्कता


  • -इ
  • इ+

काठमाडौँ पुस २३ । भारतका विभिन्न प्रदेशमा बर्डफ्लु देखिएपछि नेपाल पनि उच्च सतकर्ताको लागि सरकारले तयारी थालेको छ । नेपालमा बर्डप्mलु संक्रमण भित्रिन नदिइन कृषि तथा पशुपन्छि विकास मन्त्रालयले पशुसेवा विभागलाई बिहिरबाट आयात हुने पशुपन्छि तत्काल नेपाल भित्रिन नदिन निर्देशन दिएको छ ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगतको पशुसेवा विभाग लगायत सबै सम्बन्धित निकायलाई भारत लगायतका सिमा नाकाबाट आयात हुने पशुपन्छि तत्काल रोक्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयका सह–सचिव डा। विमल कुमार निर्मलले बर्डफ्लु संक्रमण नेपालमा भित्रिन नदिइन मन्त्रालयले उच्च सतकर्ताका लागि नेपाल–भारत सीमाका सबै क्वारेन्टाइनलाई सचेत हुन विभाग मार्फत पत्राचार गरी सकेको बताए ।

उनले कुनै पनि नाकाबाट पशुपन्छि आयात हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए । नेपालमा कोरोना संक्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालयले विभिन्न प्रदेशमा रहेको भेटनरी प्रयोगशालामा कोभिड १९ को परिक्षण गर्दै आएको छ । ति प्रयोगशाला फिर्ता माग्ने तयारी भएको डा। निर्मलले जानकारी दिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares