Friday, May 22
Shadow

समाज

नेकपा (प्रचण्ड-माधव) ककनी ३ को वडा भेला सम्पन्न, पार्टी दरिलो बन्नु पर्नेमा जोड

नेकपा (प्रचण्ड-माधव) ककनी ३ को वडा भेला सम्पन्न, पार्टी दरिलो बन्नु पर्नेमा जोड

मुख्य समाचार, राजनिती, समाचार, समाज
नुवाकोट, माघ २ । नेकपा (प्रचण्ड- माधव समुह) को ककनी ३ को वडा भेला सम्पन्न भएको छ । शुक्रबार आयोजित एक कार्यक्रम बिच नेता तथा कर्याकर्ता भेला सप्पन्न भएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष घननाथ बजगाइले आफू पनि पार्टीको अरु सदस्य जस्तै भएको बताए । उनले पार्टी सदस्य भइसकेपछि जिम्मेवारपुर्ण हुनुपर्ने औंल्याएका छन् । आफ्ना कार्यकर्तामा प्रशिक्षण कम भएको .पनि बताए । भेलामा पार्टी सदस्यहरुको सहभागीता कम भएको बताउँदै उनले वडामा सुचना र प्रविधिमा केहि ढिलाइ भएको बताए ।  यसमा छिटो र छरितो गर्न पनि सुझाव दिए । साथै उनले वडा कमिटि नभएको उल्लेख गरे । उनले भने -अब एउटा चुस्त दुरुस्त खालको पार्टी बनाउ यहाँ जति छौ यतिले मात्रै पुग्दैन । वडामा भएका गतिविधिका बारेमा घचघच्याउने पार्टी नभएको उनले बताए । वडा कमीटी भन्दा पार्टी ठुलो यसैले पार्टी दरिलो बन्न पर्छ उनले भने' । पार्टीले वडा अध्यक्षलाई नि...
बाँकेमा कोरोनाबाट ८० बर्षिय महिलाको मृत्यु

बाँकेमा कोरोनाबाट ८० बर्षिय महिलाको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २ । बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का ८० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि गतपुस २६ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएकी ती महिलाको भोलिपल्ट कोरोना रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पताल रिफर गरिएको थियो । रोगको प्रकृतिअनुसार सबै किसिमको उपचार गर्दा पनि महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको मृत्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट ४९ जनाको मृत्यु भइसकेको छ ।...
एमिकस क्युरीको सल्लाह :  संबैधानिक इजलासमै न्यायाधिश थपौं

एमिकस क्युरीको सल्लाह : संबैधानिक इजलासमै न्यायाधिश थपौं

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धाको सर्वोच्च अदालतको संबैधानिक इजलासमा सुनुवाई भइरहेको छ । आजको बहस यो मुद्दा संबैधानिक इजलासमै सुनुवाई गर्नकी बृहत पूर्ण इजलासमा लैजाने भन्नेमै केन्द्रित भएको छ । बहसमा सरकार पक्षका वकिलले संविधानिक इजलासमै यस मुद्धाको सुनुवाई हुनुपर्ने धारणा राखेका छन् ।तर सर्वोच्चको माग अनुसार एमिकसमा परेका वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले भने संबैधानिक इजलासमै न्यायाधिश थप्न सकिने तर्क गरेका छन् । कार्कीले संबैधानिक इजलासमै न्यायाधिश थपेर सुनुवाई गर्नसकिने बताएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संबिधानको फ्रेमभन्दा बाहिर जान मिल्छ र? भनेर प्रश्न गरेका थिए । जवाफमा कार्कीले संबैधानिक इजलासमा न्यायाधिश थप्दा संबिधानको उलंघन नमानिने बताएका थिए । संबिधानले संबिधानको ब्याख्या गर्ने परिस्थिति उत्पन्न भएमा संबैधानिक इजलासको परिकल्पना गर्...
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं, माघ २ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हेर्ने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संंवैधानिक इजलासले सो आदेश दिएको हो । “ प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७९३-बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको मागबमोजिम गर्नु परेन, कानूनबमोजिम गर्नू”, आदेशमा भनिएको छ । गत पुस १७ गतेदेखि सुनुवाइ शुरु भको सो मुद्दामा वादी र सरकारका प्रतिनिधिबीच सो मुद्दा संवैधानिक इजलास वा बृहत पूर्ण इजलास कहाँ सुनुवाइ गर्ने भन्ने विवाद आजसम्म चलिआएको थियो । ‘हेर्दाहेर्दैमा’ राखिएको सो मुद्दाको आगामी सुनुवाइ यही माघ ४ गतेका लागि तोकिएको छ । आज भएको बहसका क्रममा निवेदकका तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ...
नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न, के के भयो छलफल ?

नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न, के के भयो छलफल ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ २ । नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठक सम्पन्न भएको छ । शुक्रबार भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको बैठकमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतको नेतृत्व उनका समकक्षी एस जयशंकरले गरेका थिए । बैठकमा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौड्याल एवं भारतीय विदेश सचिव श्री हर्षवद्र्धन श्रृंगला लगायतका दुवै देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकले यसअघि पाँचौ बैठकमा दुवैपक्षबीच भएका विभिन्न सहयोग एवं साझेदारीको क्षेत्रको समिक्षा गरेको छ । यसबाहेक स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा, जलस्रोत, तेल, ग्यास, राजनीतिक सुरक्षा मुद्दाहरु, सीमा व्यवस्थापन, विकास साझेदारी र संस्कृति अभिवृद्धिलगायतका क्षेत्रमा थप सम्बन्ध विस्तार गर्ने निष्कर्ष निकालेको छ । बैठकमा नेपालले भारतलाई कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड र कोभ्याक्सिनको उत्पादनका लागि बध...
सुरु भयो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ

सुरु भयो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चले अघिल्लो बुधबार हेर्दाहेर्दैमा राखेको उक्त मुद्दामा थप सुनुवाइ गर्न शुक्रबारका लागि तोकेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वको इजलासले यी मुद्दा हेर्दै छ । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । शुक्रबार दुवै पक्षको बहस टुंगिएपछि थप आदेश हुनेछ । त्यसपछि मात्रै मूल मुद्दा अर्थात् प्रतिनिधिसभा विघटन संविधानसम्मत हो कि होइन भन्ने विषयमा बहस केन्द्रित हुनेछ । इजलासमा न्यायाधीश मल्ल नयाँ थपिएकी हुन् । बाँकी यसअघिका इजलासमा पनि थिए । अघिल्लो इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि उनले बाध्य भएर प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइमा नबस्ने घोषणा गरेक...
कञ्चनपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कञ्चनपुर, माघ २ । कञ्चनपुरमा गएराति दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपूरको कृष्णपुर नगरपालिका–५ आम्खैयामा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी दुई वटै मोटरसाईकलका चालकको मृत्यु भएको छ भने पछाडी सवार २ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहरा रहेका छन् । कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका जोशीको धनगढीस्थित निशर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यसैगरी दुर्घटनामा घाइते भएका कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनाराको धनगढीमा उपचार भइरहेको छ । रातीको स...
किन ढिलाइ हुँदैछ प्रतिनिधिसभा विघटनको मुद्दामा ?

किन ढिलाइ हुँदैछ प्रतिनिधिसभा विघटनको मुद्दामा ?

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं, माघ २ । सरकारी पक्षले शुक्रबार दिनभरमा बहस सकेर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ हुने इजलासको टुंगो लगाए झण्डै एक महिनापछि बल्ल अदालत मूल विषयमा प्रवेश गर्नेछ । करिब १३ वटा निवेदन , पक्ष–विपक्षमा सय हाराहारीका कानुन व्यवसायीको वकालतनामा परेकाले विघटनको मुद्दाको सुनुवाइ केही साता लम्बिन्छ । सर्वोच्च अदालतले दैनिकरुपमा नभइ साताको एक वा दुई दिन मात्रै सुनुवाइ गर्ने हो भने विवाद निरुपण हुने प्रक्रिया अझै तन्किन्छ । छिटो छरितोरुपमा सुनुवाइ सके पनि निर्णय आउन थप केही साता लाग्ने देखिन्छ । प्रतिनिधिसभा विघटनका सिफारिसबारे यसअघि सर्वोच्च अदालतमा परेका चारवटा निवेदन एक महिनादेखि २ महिनाभित्र टुंगो लागिसकेको अभिलेखबाट देखिन्छ । २०५१ असार २६ गते प्रतिनिधिसभा विघटन भएकामा सर्वोच्च अदालतले दुई महिनापछि भदौ २७ गते फैसला गरेको थियो । दोस्रो प्रतिनिधिसभा विघटनमा सर्व...
परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आज संयुक्त आयोगको बैठक र छलफलमा सहभागि हुने

परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आज संयुक्त आयोगको बैठक र छलफलमा सहभागि हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं माघ २ । भारतको नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजदेखि औपचारिक बैठक र छलफलमा सहभागि हुँदैछन् । नेपाल(भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली पुगेका हुन् । भारतीय समकक्षी डा। एस जयशंकरको निमन्त्रणामा तीनदिने भ्रमणमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले उच्च राजनीतिक नेताहरूसँग पनि भेट्ने तयारी छ । भारतीय विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको कार्यतालिकाअनुसार ज्ञवाली र जयशंकरबीच आज बिहान ११ बजे भेटवार्ता हुनेछ । आधा घन्टाको औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्नेछ । नेपाली अधिकारीहरूका अनुसार संयुक्त आयोगको बैठकमा सीमा विवाद समाधान, इपिजी प्रतिवेदन ग्रहणलगायत कोभिड(१९ विरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा बढी विषयमा छलफल हुनेछ । त्यस्तै, कोभिडविरुद्ध खोपमा सहकार्यको मोडालिटीबारे पनि बैठकमा छल...
सामर्थ्य नेपाल,नुवाकोटको निशुल्क पिउने पानी तथा माक्स वितरण कार्यक्रम सम्पन्न

सामर्थ्य नेपाल,नुवाकोटको निशुल्क पिउने पानी तथा माक्स वितरण कार्यक्रम सम्पन्न

समाचार, समाज
नुवाकोट, माघ १ नुवाकोट र रसुवाको संगम स्थल बेत्रावतीमा भएको गोरु जुधाईमा सामर्थ्य नेपाल, नुवाकोटले शुद्ध पिउँने पानी तथा माक्स वितरण कार्यक्रम सम्पन्न गरेको छ । गोसाईकुण्ड युवा क्लबको आयोजनामा भएको उक्त कार्यक्रमा आयोजित निशुल्क शुद्ध पिउँने पानी तथा माक्स वितरणमा नारायणी शुद्ध पिउँने पानी उद्योगले पानी र काठमाण्डौँ नरदेवीमा रहेको श्रीराज कलेक्लशन सटिङ्ग, सुटिङ्ग एण्ड टेलरिङ्ग सेन्टरले एक हजार थान माक्स हस्तान्तरण गरेको थियो । बेत्रावतीमा यस वर्ष ४ हल गोरु जुधाईएको छ ।...